हास्य, रहस्य र जीवनको सन्देश बोकेको वेब सिरिज ‘तथास्तु’ सार्वजनिक

डिसी नेपाल
८ कार्तिक २०८३ १५:०१

काठमाडौं। नेपाली वेब सिरिज ‘तथास्तु’ सार्वजनिक भएको छ। ओरियन पिक्चर्स र फजी फिल्म्सको संयुक्त निर्माणमा तयार भएको सिरिजको ट्रेलर र पहिलो एपिसोड के.बी डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

गाउँले परिवेश, युवापुस्ताको उटपट्याङ व्यवहार, रहस्यमय साधु र अनौठो श्रापको कथामा आधारित ‘तथास्तु’ले दर्शकलाई हास्य र रहस्यसँगै जीवनका महत्त्वपूर्ण पक्षबारे सोच्न प्रेरित गर्ने अपेक्षा गरिएको छ। सिरिजले परिवार, मित्रता, सम्बन्ध र समयको महत्त्वलाई समेत उजागर गर्ने निर्माण पक्षले जनाएको छ।

सिरिजको कथा तथा पटकथा शिशिर राणाले लेखेका हुन् भने निर्देशन किरण दाहालले गरेका छन्। यसमा अभिषेक फुयाँल, रसल श्रेष्ठ, सुनील तामाङ, तुलसी राय, सबी थापा, लिसा बरनवाल, सृजना भुजेल र गीत लिम्बूलगायत कलाकारको अभिनय रहेको छ।

त्यस्तै, वरिष्ठ कलाकारहरू नरेन्द्र थापा, श्याम राई, बिपना बस्नेत, सन्तु तामाङ, रामकाजी घिमिरे र गीता थापाले पनि सिरिजमा अभिनय गरेका छन्। युवा तथा अनुभवी कलाकारको संयोजनले सिरिजलाई थप आकर्षक बनाउने निर्माण पक्षको विश्वास छ।

सिरिजमा किरण दाहाल, विवेक मगर र मणि राज पौडेल निर्माता रहेका छन् भने बी एन्ड बी टेक तथा हाकिम इन्टरटेनमेन्ट सह–निर्माताका रूपमा आबद्ध छन्। प्रोडक्सन डिजाइन तथा व्यवस्थापनको जिम्मेवारी मणि राज पौडेलले सम्हालेका छन्।

विवेक मगर र योदिन योञ्जनले छायाङ्कन गरेको सिरिजको सम्पादन विवेक मगर र आलोक वाग्लेले गरेका छन्। निश्चल तामाङ प्रमुख सहायक निर्देशकका रूपमा रहेका छन् भने सुमन सार्की र सृजना भुजेल सहायक निर्देशकको भूमिकामा छन्। प्रोडक्सन म्यानेजरको जिम्मेवारी निश्चल श्रेष्ठले सम्हालेका छन्।

‘तथास्तु’को शीर्ष गीत हर्क साउदले तयार पारेका हुन् भने ब्याकग्राउन्ड स्कोर अनमोल थापाले दिएका छन्।

मनोरञ्जन, भावना र जीवनप्रतिको दृष्टिकोणलाई समेट्ने प्रयास गरिएको ‘तथास्तु’ले नेपाली दर्शकमाझ मौलिक कथावस्तु प्रस्तुत गर्ने निर्माण टोलीको विश्वास छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *