अल्कोहलले एक मिनेटमै मार्न सक्छ कोरोना भाइरसलाई

डिसी नेपाल
१ फागुन २०७६ १६:३६

काठमाडौं (एजेन्सी) । उत्तरी छिमेकी मुलुक चीनबाट फैलिएको कोरोना भाइरसले विश्वलाई नै आतंकित बनाइरहेको छ। चीनमा मात्र कम्तिमा १३ सय मानिसको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भइसकेको छ भने ४५ हजारभन्दा धेरै संक्रमित भएका छन्।

यसरी विश्वभर यो रहस्यमयी भाइरसले मानवमाथि गम्भीर संकट उत्पन्न हुँदा वैज्ञानिकहरु यो भाइरस नियन्त्रणबारे खोज अध्ययनमा लागेका छन्।

यहीबीचमा जर्मनीका दुईवटा विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले कोरोना भाइरसको आयुबारे एक तथ्य पत्ता लगाएका छन्। उनीहरुले कोरोना भाइरस ३० डिग्री सेल्सियसभन्दा माथिको तापक्रममा कमजोर हुने तथ्य पत्ता लगाएका हुन्। उनीहरुले तापक्रम बढेसँगै यो भाइरस कमजोर हुने दावी गरेको विभिन्न सञ्चार माध्यमहरुले उल्लेख गरेका छन्।

अनुसन्धानकर्ताहरुले अल्कोहलले यो भाइरसलाई एक मिनेटमै मार्नेसमेत बताएका छन्। साथै डिसइन्फेक्टेट गरे यो भाइरस ३० सेकेण्डमै मर्ने जनाइएको छ।

यो तथ्यले कोरोना भाइरसविरुद्धको लडाईँमा सफलता पाउन सकिने विश्वास अनुसन्धानकर्ताहरुको छ।




प्रतिक्रिया

3 thoughts on “अल्कोहलले एक मिनेटमै मार्न सक्छ कोरोना भाइरसलाई

  1. य​स्का बाजे !! झ​न अब​ त​ छोड्नु प​र्यो भ​नेर​ निक्कै दिन शान्त भ​एको त झ​न भाइर​स मार्छ​ भ​नेर पो उक्साउँदै छ​ कि क्या हो ??

  2. Alcohol bhaneko detol jastai liquid ho, yesle clean garne ra infaction huna nadine kam garxa, tesaile yo raksi ra whiskey ko kura haina,

Leave a Reply to Himan Gaunle Cancel reply

Your email address will not be published. Required fields are marked *