भारतले बेलायती सांसदलाई दिल्ली विमानस्थलमा रोक्यो, भिसा रद्द भएको भनेर फर्काइदियो
काठमाडौं। कश्मिरबाट विशेषाधिकार हटाउने मोदी सरकारको निर्णयको आलोचना गरेकी एक बेलायती सांसदलाई भारतले दिल्ली विमानस्थलमै रोकेको छ । त्यसपछि उनको भिसा रद्द भएको भन्दै उनलाई डिपोर्ट गरिएको छ ।
कश्मिरसम्बन्धी मामिलामा बेलायतको संसदीय समितिकी अध्यक्ष रहेकी डेब्बी अब्राहम्सलाई उनको भिसा रद्द गरिएको भन्दै अधिकारीहरुले दिल्ली विमानस्थलमै रोकिएको बीबीसीले लेखेको छ ।
अब्राहम्सका अनुसार अधिकारीहरुले उनको भिसा किन रद्द गरियो भन्ने जानकारी समेत दिएनन् । अब्राहम्स निजी भ्रमणमा भारत आएकी थिइन् । इमिरेट्स एयरलाइन्सको उडानबाट सोमबार दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएकी उनलाई भिसा अस्वीकृत भएको जानकारी दिइएको थियो ।
उनले आफूलाई अपराधीजस्तो व्यवहार गरिएको बताएकी छिन् । ‘एक अधिकारीले मेरो पासपोर्ट लिए त्यसपछि १० मिनेटजति हराए । उनी फर्किंदा निकै क्रुर देखिन्थे र मलाई चिच्याएर आफूसँग आउन भने’ उनले भनिन् ।
त्यसपछि उनलाई डिपोर्टी सेलमा राखियो । ‘फरक फरक अधिकारीहरु मसँग आए त्यसपछि मैले मेरो भिसा किन रद्द गरियो र मैले अर्को भिसा पाउँछु कि वाउँदिन भनेर सोधें तर कसैले जवाफ दिएनन्’ उनले भनिन् ।







डिसी नेपाल








Facebook Comment