चिलीका संगीतकारसँग मिलेर नेपाली युवा सितारवादक हिमालयन सितारले ल्याए ’वेदांशी’
काठमाडौं। सितार वादक हिमालयन सितारले ’वेदांशी’ नामक गीत रिलिज गरेका छन्। वेदांशी ’श्रुती’ नामक एक्ल्बमको पहिलो गीत रहेको सितार वादक हिमालयन सितारले बताए । सितार, सेक्सोफोन र लाफ्ताको फ्युजन हो वेदांशी । वेदांशी नामक गीतमा हिमालयन सितारले चिलीको ब्याण्ड ’सेरो डुओ’सँग सहकार्य गरेका छन् ।
७ मिनेट लामो वेदांशीमा हिमालयन सितारलाई चिलीका संगीतकार मोआ एड्मन्डस ग्वेभाराले लाफ्ता र तोमास कारास्को गुवेरान्तिसले सेक्सोफोन बजाएर साथ दिएका छन् ।
सार्वजनिक गीत हिमालयन सितारको अफिसियल युट्युब च्यानल, स्पोटीफाइ लगायतका डिजिटल प्ल्याटफर्ममा उपलब्ध छ ।
काठमाडौँ विश्वविद्यालयको संगीत विभागमा एथ्नोम्यूजिकलोजीमा मास्टर्स गरिरहेका झापाका ’हिमालयन सितार’को वास्तविक नाम उत्तम घोष हो । उनी हिमालयन सितार मार्फत नेपाली शास्त्रिय संगीतलाई संसारभार चिनाउन चाहान्छन् ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment