कांग्रेस सभापति थापा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
काठमाडौं । पछिल्लो समय १८ करोडको अडिओ प्रकरण र प्रधानमन्त्री बालेनसँगको दोहोरीले चर्चामा रहेका कांग्रेस सभापति गगन थापा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पुगेका छन्।
मंगलबार साँझ भक्तपुरको गुण्डुस्थित ओली निवासमा उनीहरूबीच झण्डै एक घण्टा लामो भेटवार्ता भएको हो। साँझ ६:५० देखि ७:५५ बजेसम्म भएको यो भेटमा समसामयिक राजनीतिक विषयमा गम्भीर छलफल भएको बताइएको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment