एनपीएल : टस जितेर लुम्बिनी बलिङमा

डिसी नेपाल
१७ कार्तिक २०८३ १६:५८

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आजको दोस्रो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स आमनेसामने हुँदैछन्। खेलमा लुम्बिनी लायन्सका कप्तानले टस जितेर पहिले बलिङ गर्ने निर्णय लिएका छन्।

प्रतियोगितामा अहिलेसम्म खेलेका दुई खेलमध्ये एकमा जित र वर्षाका कारण रद्द भएको अर्को खेलमा अंक बाँडेको लुम्बिनी आज पनि आफ्नो अपराजित यात्रालाई निरन्तरता दिने रणनीतिमा छ।

अर्कोतर्फ, सुरुआती दुवै खेलमा पराजय व्यहोरेको पोखरा एभेन्जर्सका लागि भने आजको तेस्रो खेल प्रतियोगितामा पहिलो जित दर्ता गर्दै पुनरागमन गर्ने दबाबको विषय बनेको छ।

यसैबीच, आजै सम्पन्न रोमाञ्चक पहिलो खेलमा विराटनगर किंग्सले जनकपुर बोल्ट्समाथि २ रनको कठिन जित दर्ता गर्दै अंक जोड्न सफल भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *