३३ लाख घुससहित मध्यपुर थिमिका प्रमुख प्रशासकीय अधिकृत पक्राउ

डिसी नेपाल
१७ कार्तिक २०८३ १७:४३

काठमाडौं। भक्तपुरको मध्यपुर थिमि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरे ३३ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार ठेक्का सम्झौताअनुसार बाँकी किस्ता तथा मोबिलाइजेसन फन्ड भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिने र बाँकी काममा सहयोग गर्ने भन्दै घुस मागेको उजुरी परेपछि आयोगको टोलीले उनलाई पक्राउ गरेको हो।

आयोगको टोलीले घिमिरेसँगै गुड नेबर्स इन्टरप्राइजेज प्रालि, कोटेश्वरका सञ्चालक वरुण ढुंगेललाई पनि पक्राउ गरेको छ। उनीहरूलाई सेवाग्राहीबाट ३३ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा कात्तिक १६ गते मध्यपुर थिमि नगरपालिका–९, निकोसेराबाट नियन्त्रणमा लिइएको आयोगले जनाएको छ।

उनीहरूमाथि घुस तथा भ्रष्टाचारसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ। कात्तिक १७ गते विशेष अदालतको आदेशबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको अख्तियारले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *