ज्येष्ठ नागरिकको सुविधा पाउँदै टोपबहादुर रायमाझी आगामी कात्तिक २६ गते कारागारमुक्त हुने

डिसी नेपाल
१७ कार्तिक २०८३ १७:३३
100
Shares

काठमाडौं।  नक्कली भुटानी शरणार्थी प्रकरणमा कैद सजाय भुक्तान गरिरहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी आगामी कात्तिक २६ गते कारागारमुक्त हुने भएका छन्।

६५ वर्ष उमेर पूरा भएका आधारमा ज्येष्ठ नागरिकको कानुनी सुविधा पाउन माग गर्दै उनले दिएको निवेदनका आधारमा काठमाडौँ जिल्ला अदालतले कारागार कार्यालय डिल्लीबजारलाई संशोधित कैदीपुर्जी पठाएसँगै उनी रिहा हुने निश्चित भएको हो।

डिल्लीबजार कारागारका जेलर बाबुराम अर्यालका अनुसार अदालतबाट संशोधित कैदीपुर्जी साेमबार नै  प्राप्त भइसकेको छ। सोही संशोधित कैदीपुर्जी बमोजिम रायमाझी कात्तिक २६ गते कारागारबाट छुट्नेछन्।

नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका रायमाझीलाई काठमाडौं जिल्ला अदालतले २०८३ असार ३० गते ४ वर्ष कैद सजायको फैसला सुनाएको थियो। उनी २०८० वैशाख २० गते पक्राउ परेका थिए।

सुरुवाती फैसलामा चार वर्षको कैद सजाय तोकिए पनि ६५ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई कानुनबमोजिम २५ प्रतिशत कैद छुट दिने व्यवस्था रहेकाले उनले सो सुविधा पाएका हुन्। रायमाझी आगामी कात्तिक २५ गते ६५ वर्ष पूरा हुँदै छन्, जसअनुसार उनले कात्तिक २६ गते छुट्ने कानुनी आधार पाएका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *