शिक्षक सेवा आयोगको अठारौँ वार्षिक प्रतिवेदन शिक्षामन्त्रीसमक्ष पेस

डिसी नेपाल
१७ कार्तिक २०८३ १७:३७

काठमाडौं। शिक्षक सेवा आयोगले आफ्नो अठारौँ वार्षिक प्रतिवेदन, २०८३ शिक्षा तथा खेलकुदमन्त्रीसमक्ष पेस गरेको छ।

आयोगका अध्यक्ष डा. हरिप्रसाद लम्सालले आज मन्त्रीसमक्ष प्रतिवेदन पेस गरेका हुन्। प्रतिवेदनमा आर्थिक वर्ष २०८२/८३ मा आयोगले गरेका प्रमुख काम, कार्यसम्पादनका क्रममा देखिएका समस्या तथा चुनौती र आगामी कार्यदिशा समेटिएको छ। प्रतिवेदनमा आयोगका समग्र गतिविधि तथा उपलब्धिहरूको विवरणसमेत प्रस्तुत गरिएको छ।

प्रतिवेदन पेस गर्ने कार्यक्रममा आयोगका अध्यक्ष तथा सदस्यहरू, मन्त्रालयका सचिव, मन्त्रीका सल्लाहकार, सहसचिव, प्रशासकीय प्रमुख तथा विभिन्न शाखाका प्रमुखहरूको उपस्थिति रहेको थियो।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *