सोलुखुम्बु हेलिकप्टर दुर्घटनाः मृतक र घाइतेको पहिचान खुल्यो

डिसी नेपाल
१७ कार्तिक २०८३ १३:०७
440
Shares

सोलुखुम्बु। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-४ फेरुचेमा दुई वटा हेलिकप्टर एकापसमा ठोक्किँदा एक जना भारतीय नागरिकको मृत्यु भएको छ भने दुई पाइलटसहित तीन जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार दुर्घटनामा भारतको तमिलनाडु राज्य, चेन्नईका ४७ वर्षीय वसन्तकुमार बलरामुडुको मृत्यु भएको हो। मृतकको शव प्रभु एयरको हेलिकप्टरमार्फत उद्धार गरी लुक्ला ल्याइएको छ।

दुर्घटनामा घाइते भएका फिस्टेल एयरका पाइलट रवीन्द्र प्रजापति, डाइनेस्टी एयरका पाइलट प्रजल केसी र भारतीय मूलका न्युजिल्यान्डका नागरिक ४९ वर्षीय सेलिसकिसन पटेललाई प्रभु एयरको हेलिकप्टरमार्फत तत्काल उद्धार गरी उपचारका लागि ललितपुरस्थित मेडिसिटी अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी प्रहरी निरीक्षक मौसम तामाङले जानकारी दिएका छन्।

फिस्टेल एयरको हेलिकप्टरमा चालक दलका सदस्यसहित तीन जना सवार थिए।

मंगलबार बिहान करिब ८:१० बजे फेरुचेस्थित हेलिप्याडमा अवतरण गर्ने क्रममा फिस्टेल एयर र डाइनेस्टी एयरका हेलिकप्टर एकापसमा ठोक्किएर दुर्घटनाग्रस्त भएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *