देउवा पक्षद्वारा नेपाल दलित संघको अध्यक्षमा यमुना विश्वकर्मा मनोनीत
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा नेतृत्वको समूहले भ्रातृ संस्था नेपाल दलित संघमा समानान्तर कार्यसमिति गठन गर्दै अध्यक्षमा यमुना विश्वकर्मालाई मनोनीत गरेको छ।
तनहुँकी विश्वकर्मालाई देउवा समूहद्वारा गठित १५औँ केन्द्रीय महाधिवेशन आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले मनोनयन पत्र प्रदान गरेका हुन्।
विश्वकर्मालाई आगामी छ महिनाभित्र नेपाल दलित संघको केन्द्रीय अधिवेशन सम्पन्न गर्ने जिम्मेवारी तोकिएको छ।
यसअघि पनि डा. कोइराला नेतृत्वको समूहले नेपाल विद्यार्थी संघमा श्रृजना मल्ल र नेपाल तरुण दलमा दिल लामालाई अध्यक्षमा मनोनीत गरिसकेको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment