१२ वटै राशिको आजको राशिफल : कसको दिन कस्तो ?
आजको दिन मेष राशि भएकाहरूका लागि पठनपाठनमा रुचि बढ्नुका साथै शिक्षा र स्वास्थ्यमा गरिएको लगानीबाट लाभ मिल्नेछ भने राजनीतिक क्षेत्रमा प्रगति हुनेछ। कम बोलेर पनि आफ्नो काम सफल पार्न सकिने यस दिन प्रेम सम्बन्ध समेत सुमधुर रहनेछ।
वृष राशि हुनेहरूका लागि दिन अनुकूल रहेको छ। मिहिनेतका साथ गरिएको व्यापारमा फाइदा हुनुका साथै स्वास्थ्यमा सुधारका संकेत देखिएका छन् भने मिहिठो बोलीको प्रभावले महत्त्वपूर्ण कार्यहरू बन्नेछन्। यद्यपि, प्रेम सम्बन्धमा भने केही खटपट आउन सक्ने सम्भावना रहेको छ।
मिथुन राशिका जातकहरूका लागि आज आम्दानीका नयाँ स्रोतहरू फेला पर्नुका साथै समाजमा मानसम्मान प्राप्त हुनेछ। साथीभाइसँगको भेटघाटले भविष्यका लागि नयाँ योजनाहरू तय गर्न सहयोग पुर्याउनेछ भने परिवारमा मेलमिलापको वातावरण बन्नेछ। साथै, मन मिल्ने साथीको विशेष साथ र सहयोग मिल्नेछ।
कर्कट राशिका निम्ति परिवारसँग रमाइलो पल बिताउने अवसर जुर्नेछ भने सञ्चित धन खर्च हुन सक्छ। राजनीतिक क्षेत्रमा लगानी अनुसारको महत्त्वपूर्ण जिम्मेवारी पाइए पनि शिक्षाको क्षेत्रमा भने केही ढिलासुस्ती हुनसक्छ। त्यसैले परिवारको साथ र सल्लाह लिएर अगाडि बढ्नु लाभदायक हुनेछ।
सिंह राशि भएकाहरूको गुम्न लागेको धन पुनः हात लाग्ने योग छ भने आफन्तजनको पूर्ण साथ मिल्नेछ। स्वदेशमै रोजगारीका नयाँ विकल्पहरू फेला पर्न सक्ने यस दिन शिक्षा क्षेत्रमा लगानी गर्ने आँट गर्नुपर्ने देखिन्छ। यद्यपि, आफ्ना गोप्य कुराहरूलाई बाहिर सार्वजनिक नगर्नु नै बुद्धिमानी हुनेछ।
कन्या राशिका लागि दिन शुभ रहनेछ। विपक्षी व्यक्तिबाट समेत साथ र सहयोग प्राप्त हुनेछ भने प्रियजनको साथले मन प्रसन्न रहनेछ। बौद्धिक व्यक्तिहरूसँगको भेटघाटले मनमा शान्ति दिनुका साथै शिक्षाको क्षेत्रमा नयाँ कार्यको थालनी हुनेछ।
तुला राशिका जातका लागि दिन सामान्य रहेको छ। थालेका केही कामहरू अधुरा रहने हुनाले मनमा केही निरासा छाउन सक्छ। बौद्धिक क्षेत्रका साथीहरूसँगको भेटबाट नयाँ योजनाहरू बन्नेछन् भने पारिवारिक तनावका कारण मन अशान्त बन्ने जोखिम रहे पनि प्रेम सम्बन्ध भने सुमधुर रहनेछ।
वृश्चिक राशि हुनेहरूको परिवारसँगको सम्बन्ध प्रगाढ बन्नेछ भने शिक्षामा गरिएको कडा मिहिनेतको उचित प्रतिफल प्राप्त हुनेछ। तर, पश्चिम दिशाको एकल यात्रा तय नगर्नु उचित हुन्छ भने राजनीतिक क्षेत्रमा विशेष सतर्कता अपनाएर अगाडि बढ्नुपर्ने आवश्यकता छ।
धनु राशिका लागि दिन सामान्य फलदायी रहनेछ। कतै शुभ तथा मांगलिक कार्यमा सहभागी हुने योग बन्नुका साथै शिक्षामा समय लगानी गर्दा विशेष फाइदा पुग्नेछ। यस दिन गोपनीयता कायम गर्नु महत्त्वपूर्ण हुनेछ भने धार्मिक कार्यमा सहभागी हुँदा मन शान्त रहनेछ।
मकर राशिका जातकहरूले आजको दिन प्रत्येक क्षेत्रमा काम गर्दा अत्यन्तै सचेत र जोगिएर अगाडि बढ्नुपर्नेछ। कार्यक्षेत्रमा विभिन्न अवरोधहरू सिर्जना हुन सक्नुका साथै परिवारमा मनमुटावको जोखिम रहेको छ। त्यसैले कुनै पनि काम गर्दा तीन पटक सोचेर मात्र निर्णय लिनु उचित हुन्छ।
कुम्भ राशिका लागि दिन सामान्य रहेको छ। दक्षिण दिशा तर्फको यात्रा नगर्नुेश्रयास्कर हुनेछ भने दिनको सुरुवात धार्मिक कार्यमा सहभागी भएर गरेमा मनमा शान्ति मिल्नेछ। कुनै पनि संकटको समयमा परिवारको साथ र सहयोग भरपुर पाइनेछ भने शिक्षा क्षेत्रमा सफलता हासिल गर्न थप मिहिनेत गर्नुपर्ने देखिन्छ।
मीन राशिका जातकमध्ये आज इज्जत र प्रतिष्ठामा वृद्धि हुनेछ। अपरिचित व्यक्तिबाट समेत सकारात्मक सहयोग प्राप्त हुनुका साथै धन आर्जनका नयाँ अवसर खुल्नेछन्। शिक्षामा प्रगतिको योग रहनाका साथै कतैबाट खुसीको शुभ समाचार सुन्न पाइनेछ। यद्यपि, घरपरिवार भित्र भने सानातिना मनमुटाव सिर्जना हुन सक्ने जोखिम रहेको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment