१२ वटै राशिको राशिफल: कसको दिन शुभ, कसको अशुभ?

डिसी नेपाल
३ कार्तिक २०८३ ६:२५
100
Shares

मेष : दिन राम्रो छ। आम्दानी हुनेछ । साथीभाइ दाहिना भएकाले मन खुशी रहनेछ। स्वास्थ्यमा भने समस्या हुने जोखिम छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

वृष : तपाईंको बोलीका कारण महत्त्वपूर्ण काम बन्नेछ। धार्मिक कार्यक्रममा सहभागी हुने अवसर मिल्नेछ। आज तपाईंको आम्दानी बढ्नेछ। राजनीतिमा धोका मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : सञ्चित धन खर्च हुनेछ। खर्च बढ्दा मनमा चिन्ता बढ्नेछ। तपाईंको बोलीले आफन्त टाढिने जोखिम छ। स्वास्थ्यमा सुधारका संकेत देखिनेछन्। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : धनलक्ष्मी योग परेको छ । शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। व्यापारमा गरेको मिहिनेतको फल प्राप्त होला। साथीभाइको साथ मिल्ने भएकाले सोचेको काम गर्न अगाडि बढ्नु उचित हुनेछ। दाम्पत्य जीवन सुखमय हुनेछ ।

सिंह : आफूले सोचेको काम नबन्ने जोखिम छ। मनमा चिन्ता थपिनेछ । तर परिवारको साथ र सहयोग प्राप्त हुनेछ। कृषिजन्य उत्पादनको व्यापारबाट फाइदा हुनेछ।

कन्या : तपाईंले सोचेका काम पूरा हुनेछ। साथीभाइसँगको भेटले मन खुसी हुनेछ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्नेछ।

तुला : उपचारमा भए स्वास्थयमा सुधार हुनेछ। शिक्षाको क्षेत्रमा भने ढिलासुस्ती बढ्नेछ। परिवारको सल्लाह लिएर ठुलो कामको सुरुवात गर्नु उचित हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। यात्रामा सावधानी अपनाउनुपर्नेछ ।

वृश्चिक : आज कार्य सफल हुनेछ । प्राविधिक शिक्षामा गरेको प्रयास सफल बन्नेछ। स्वास्थ्यमा भने समस्या हुनसक्छ। राज्यको तर्फबाट भने सेवाको अवसर मिल्नेछ।

धनु : शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ। बौद्धिक व्यक्तिको सल्लाह लिएर अगाडि बढ्नुपर्ने समय छ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। दाम्पत्य जीवन सुखमय बित्नेछ। राजनीतिक क्षेत्रमा सचेत बन्नुपर्नेछ।

मकर : दिन राम्रो छ। दाजुभाइसँकागे सहकार्यले मन शान्त बन्नेछ। आफ्नो गलत निर्णयले पश्चाताप हुनेछ। मनमा रहेको अशान्ति हटाउन धार्मिक कार्यमा सहभागी हुनु उचित हुनेछ।

कुम्भ : दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। आज जोगिएर काम गर्नुपर्ने दिन छ । व्यापारमा थप मिहिनेत गर्नुपर्ने दिन छ । शिक्षामा गरेको श्रमको मूल्य पाउनु हुनेछ ।

मीन : बोलीको प्रभावले काम बन्नेछ । गुम्न लागेको धन हात लाग्दा मन प्रशन्न हुनेछ । मनलाई नियन्त्रण गर्न धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उपयुक्त हुनेछ । व्यापारमा थप लगानी नगर्नु उचित हुन्छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *