दैनिक राशिफल: आजको ग्रहगोचरले तपाईंकै राशिमा के संकेत गर्दैछ?

डिसी नेपाल
२ कार्तिक २०८३ ६:१७

मेष राशि आजको दिन अनुकूल रहनेछ। शिक्षा र स्वास्थ्यमा सुधार आउनेछ भने व्यापार-व्यवसायमा फाइदा मिल्नेछ। पारिवारिक तथा सामाजिक क्षेत्रमा मान-प्रतिष्ठा बढ्नुका साथै प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृष राशि दिन शुभ रहनेछ र मनमा खुसी छाउनेछ। स्वास्थ्यमा सुधारका संकेत देखिएका छन् भने सामाजिक तथा राजनीतिक क्षेत्रमा चासो बढ्नेछ। बौद्धिक व्यक्तिको भेटले फाइदा पुर्याउनेछ।

मिथुन राशि तपाईंको बोलीको प्रभावले रोकिएका काम बन्नेछन्। शुभ कार्यमा सहभागी हुने अवसर जुर्नेछ भने परिवारसँग रमाइलो पल बिताउन पाइनेछ। यद्यपि, स्वास्थ्यमा भने केही समस्या देखिन सक्छ।

कर्कट राशि आजको दिन सामान्य रहनेछ, जसले गर्दा सावधानी अपनाएर काम गर्नुहोला। सञ्चित धन खर्च हुने योग रहेकाले ठूलो लगानी नगर्नु नै उचित हुन्छ। स्वास्थ्यले साथ दिए पनि वैदेशिक रोजगारीको लगानीबाट नाफा मिल्नेछ। गुरुहरूप्रति नम्र बन्ने समय छ।

सिंह राशि आफ्नो प्रतिभा प्रदर्शन गर्ने सुवर्ण अवसर मिल्नेछ। व्यापार व्यवसायमा फाइदा र पठनपाठनमा रुचि बढ्नेछ। गोप्य रूपमा गरिएका कामबाट लाभ मिल्ने भएकाले योजनाहरू सार्वजनिक नगरी कार्यान्वयनमा लैजानु उपयुक्त हुन्छ।

कन्या राशि आजको दिन केही चुनौतीपूर्ण रहन सक्छ। परिवारमा कामको बोझ थपिनुका साथै अनावश्यक खर्च बढ्नेछ। स्वास्थ्य राम्रै रहे पनि काममा आलोचनाको सामना गर्नुपर्ने हुनसक्छ, त्यसैले आज यात्रा नगर्नु नै बेस हुन्छ।

तुला राशि दिन उत्साहजनक छ। धर्मकर्ममा मन जानेछ भने साथीभाइसँग भेटघाट हुनेछ। सामाजिक तथा राजनीतिक क्षेत्रमा तपाईंको सम्मान, प्रतिष्ठा र प्रगति बढ्नेछ।

वृश्चिक राशि आजको दिन अति उत्तम रहेको छ। लामो समयदेखि डुब्न लागेको धन उठ्ने सम्भावना छ। सामाजिक र राजनीतिक क्षेत्रमा पहुँच बढ्ने तथा पारिवारिक मेलमिलाप हुनेछ। स्वास्थ्यमा भने केही गडबडी आउन सक्छ।

धनु राशि सोचेका कामहरू बन्नाले मन प्रसन्न रहनेछ। राजनीति तथा सामाजिक कार्यमा रुचि बढ्नेछ। रमाइलो घुमघामको योजना बन्ने र मनमा नयाँ अनुभवहरू प्राप्त हुनेछन्।

मकर राशि आजको दिन सामान्य रहनेछ। तपाईंले गरेको मेहनतको श्रेय अरू कसैले खोस्ने स्थिति आउन सक्छ भने राजनीतिप्रति वितृष्णा बढ्न सक्छ। परिवारको साथ र स्वास्थ्यमा भने सुधारका संकेत देखिनेछन्।

कुम्भ राशि दिन सामान्य रूपमा ठीकठाक छ। अनावश्यक क्षेत्रमा सम्पत्ति र समय खर्च हुन सक्ने भएकाले बिना कामको यात्रा र नयाँ मान्छिसँगको कारोबारबाट टाढै रहनुहोला। धार्मिक क्षेत्रतर्फ मन आकर्षित हुनेछ।

मीन राशि दिन लाभदायक रहनेछ। गुम्न लागेको सम्पत्ति पुनः हात लाग्नेछ भने पठनपाठनमा मन लाग्नेछ। स्वास्थ्य सुध्रिने र पारिवारिक सम्बन्ध प्रगाढ बन्नेछ। यद्यपि, पूर्वतर्फको लामो यात्रा भने नगर्नु होला।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *