कञ्चनपुरमा दुई मोटरसाइकल ठोक्किँदा तीन जना घाइते

डिसी नेपाल
२ कार्तिक २०८३ ६:५८

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–४ गोबरियामा दुई मोटरसाइकल आपसमा ठोक्किँदा तीन जना घाइते भएका छन्।

शनिबार साँझ बागमती प्रदेश ०२०१५ क ४७८५ नम्बरको मोटरसाइकल र लु ९६ प ७०८५ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा भीमदत्त नगरपालिका–१६ का रोहित भट्ट, वडा नम्बर ६ का ललित कुँवर र दोधाराचाँदनी नगरपालिका–२ का हर्श शाही घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी टेकबहादुर रावतका अनुसार घाइते तीनै जनाको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। उनीहरूको अवस्था मध्यम रहेको छ। दुर्घटनामा संलग्न दुवै मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *