चेल्सीको सहज जित, एभर्टनमाथि २-० को विजय
काठमाडौं। इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबार राति सम्पन्न खेलमा चेल्सीले एभर्टनलाई २-० गोलले पराजित गरेको छ।
एभर्टनको घरेलु मैदान हिल डिकिन्सन स्टेडियममा भएको खेलमा चेल्सीका पेड्रो नेटोले दुवै गोल गरेका थिए। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा नेटोले दोस्रो हाफ सुरु भएको ४४ सेकेन्डमै गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए। उनले खेलको ९०औँ मिनेटमा दोस्रो गोल थप्दै टोलीको जित सुनिश्चित गरे।
एभर्टनले गोल गर्ने केही अवसर पाए पनि त्यसलाई सदुपयोग गर्न सकेन। यस जितसँगै चेल्सीले लिगमा महत्त्वपूर्ण तीन अङ्क जोडेको छ।
यो जितपछि चेल्सीको ७ खेलमा १३ अंक भएको छ र लिगमा चौथो स्थानमा रहेको छ। त्यस्तै एभर्टनको भने ७ खेलमा १० अंक रहेको छ र लिगमा छैटौं स्थानमा छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment