शनिबार विशेष: कस्तो छ आजको तपाईंको राशिको हालचाल?
मेष
दिन सामान्य नै रहनेछ। कार्यक्षेत्रमा काम गर्दा सचेत बन्नुपर्नेछ। राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ भने मिहिनेतको फल गुम्ने जोखिम पनि छ। विरोधी तथा शत्रुहरू बढ्न सक्नेछन्। स्वदेशमा भन्दा वैदेशिक क्षेत्रमा गरेको लगानीबाट केही राहत मिल्नेछ।
वृष
शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ। वैदेशिक रोजगारीको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारप्रतिको कर्तव्य पूरा गरेर अगाडि बढ्नुपर्नेछ। प्रेम सम्बन्धमा भने धोका हुन सक्ने जोखिम रहेकाले सतर्क हुनुहोला। राज्यको तर्फबाट सेवाको अवसर मिल्न सक्छ।
मिथुन
सानातिना कुराले झन्झट थपिने जोखिम छ। धार्मिक व्यक्तिसँगको भेट वा वार्ताले मनमा शान्ति मिल्नेछ। व्यापारमा ठुलो लगानी नगर्नु नै उचित हुनेछ। यद्यपि, प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ।
कर्कट
दिन समग्रमा राम्रो छ। निजी शिक्षा वा क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। कुनै धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ। परीक्षा वा प्रतिस्पर्धामा सरिक भएको भए राम्रो नतिजा प्राप्त हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ।
सिंह
आज धनलक्ष्मी योग परेको छ। यसको सही सदुपयोग गर्न सके राम्रो फाइदा लिन सकिनेछ। उत्तर दिशाको लामो यात्रा नगर्नु उचित हुनेछ। परिवारसँगको सम्बन्ध राम्रो बन्नेछ भने प्रेम सम्बन्धमा सुधार आउनेछ।
कन्या
तपाईंका हरेक काम सहजै बन्नेछन्। साथीभाइको भरपूर साथ मिल्नेछ। स्वास्थ्यमा समस्या भए उपचारबाट सुधार हुँदै जानेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ भने परिवारसँगको सहकार्य सहज बन्ने योग छ।
तुला
समय र सम्पत्ति खर्च हुने जोखिम छ। शिक्षामा गरेको लगानीबाट भने नाफा हुनेछ। विपक्षी वा प्रतिस्पर्धीबाट असहयोग हुन सक्ने भएकाले कुनै पनि व्यवहार गर्दा सचेत बन्नुहोला। कुनै पनि ठुलो निर्णय गर्नुअघि राम्ररी सोच्नु उपयुक्त हुन्छ।
वृश्चिक
दिन राम्रो छ। आम्दानीका स्रोतहरू सन्तोषजनक रहनेछन्। अभिभावकको सल्लाह र मार्गदर्शनमा अगाडि बढ्नु उचित हुनेछ। मिहिनेतको उचित फल प्राप्त हुनेछ र शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। यद्यपि, स्वास्थ्यमा विशेष ख्याल गर्नुपर्ने समय छ, केही समस्या देखिन सक्छ।
धनु
आम्दानीमा वृद्धि हुनेछ। सोचेका सबै कामहरू सफलतासाथ सम्पन्न हुनेछन्। समाजमा मानसम्मान प्राप्त हुनेछ। पुरानो साथीभाइसँगको भेटघाटले नयाँ योजना बनाउन सहयोग पुग्नेछ। पारिवारिक मेलमिलाप कायम रहनेछ।
मकर
व्यापार तथा व्यवसायमा गरेको लगानीले मनमा उत्साह थप्नेछ। निजी शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। कुनैपनि कामको थालनी गर्दा अभिभावकको सल्लाह लिएर अगाडि बढ्नु लाभदायक हुनेछ।
कुम्भ
मन केही अशान्त बन्न सक्छ। गरिएको श्रमको उचित मूल्य प्राप्त नहुने जोखिम छ। ज्योतिषीय मान्यता अनुसार शनि अनुकूल रहेमा मनमा शान्ति मिल्न सक्छ। आजको दिन कुनै पनि एकल निर्णय लिनु घातक साबित हुन सक्छ, त्यसैले सल्लाह गरेर मात्र अघि बढ्नुहोला।
मीन
तपाईँको बोली र व्यवहारमा एकरुपताको खाँचो देखिन्छ। कुनै पनि काम गर्दा विशेष सतर्कता अपनाउनु पर्नेछ। शिक्षाको क्षेत्रमा सफलता पाउन थप मिहिनेत गर्नुपर्ने देखिन्छ। दिनको सुरुवात कुनै धार्मिक कार्यमा सहभागी भएर गर्नु उचित हुनेछ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment