सवारी साधनको ठक्करबाट एक जनाको मृत्यु

डिसी नेपाल
२३ असोज २०८३ २२:५१

नवलपुर (नवलपरासी)। पूर्वपश्चिम राजमार्गको नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा यात्रुवाहक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

आज साँझ जिल्लाको कावासोती–८ खरकट्टा जङ्गलमा नारायणघाटबाट बुटवलतर्फ जाँदै गरेको बा ५ ख ७९२ नम्बरको बसले ठक्कर दिँदा पैदलयात्री पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अनिल पण्डितकाअनुसार बसको ठक्करबाट करिब ३५ वर्षीय पुरुषको मृत्यु भएको हो। बसको ठक्करबाट घाइतेको उपचारका क्रममा मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा मृत्यु भएको छ।

ठक्कर दिने बस र बस चालक कावासोती–१४ का ४६ वर्षीय नारायण महतोलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिएको र मृतकको पहिचान नखुलेको जनाउँदै पहिचानका लागि प्रहरीले मृतक तस्बिर सार्वजनिक गरेको जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *