कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

डिसी नेपाल
२३ असोज २०८३ २१:५२

काठमाडौं। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत फ्रान्स्वाज पुइग–उन्जाले शिष्टाचार भेट गरेकी छन्।

मन्त्री गौतमसँग आज सिंहदरबारमा भएको भेटमा राजदूत इन्जाले भोटेकोशी बाढीबाट भएको क्षतिले मृत्यु भएका व्यक्तिहरूप्रति समवेदना व्यक्त गरेकी थिइन्।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय पारस्परिक कानुनी सहायताको केन्द्र निकाय भएको हुँदा यस विषयमा दुई देशबीचको सहमति गर्नका लागि प्रक्रिया सक्दो चाँडो गर्न दुवै पक्षबीच छलफल भयो।

त्यस्तै, सरकारले नेपालको हवाई सेवालाई अन्तरराष्ट्रिय मापदण्डअनुसार सेवा प्रदायक र नियामक निकायका रूपमा दुई संरचना परिकल्पना गरी विधेयक दर्ता गरेको विषयमा छलफल भयो। राजदूत उन्जाले यसमार्फत हवाई सुरक्षा कालोसूचीबाट हट्नका लागि नेपाल सरकारबाट भइरहेका प्रयासको प्रशंसा गरिन्।

भेटमा दुवै पक्षले द्विपक्षीय सहयोगलाई थप सुदृढ बनाउँदै आवश्यकताअनुसार समन्वयलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। भेटमा कानुन र परराष्ट्र मन्त्रालयका अधिकारीहरूको उपस्थिति थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *