काठमाडौं उपत्यकामा असोज २५ देखि ६ स्थानबाट ग्यास बिक्री गरिने

डिसी नेपाल
२३ असोज २०८३ २०:५१

काठमाडौं । काठमाडौं उपत्यकामा खाना पकाउने ग्यासको अभाव चुलिएपछि नेपाल एलपी ग्यास उद्योग संघले असोज २५ गतेदेखि विभिन्न ६ स्थानबाट ग्यास बिक्री वितरण गर्ने भएको छ।

ग्यासको आपूर्तिलाई सहज बनाउने उद्देश्यले संघले असोज २५ देखि ३१ गतेसम्मका लागि यी तोकिएका केन्द्रहरूबाट ग्यास बिक्रीको प्रबन्ध मिलाएको हो।

नेपाल आयल निगमको समन्वय तथा ग्यास बिक्रेता महासंघको सहकार्यमा ग्यास बिक्रीको व्यवस्था मिलाइएको संघका अध्यक्ष दिवान चन्दले जानकारी दिनुभएको छ। संघका अनुसार तोकिएका सबै बिक्री केन्द्रहरूमा बिहान ९:३० बजेदेखि अपराह्न ४:३० बजेसम्म ग्यास उपलब्ध गराइनेछ भने ती स्थानमा खाली सिलिन्डर साटफेर गर्ने सुविधा समेत रहनेछ।

ग्यास बिक्रीका लागि काठमाडौँको सिफलचौरस्थित ग्यास एन्ड अक्सिजन ट्रेडर्सबाट एभरेस्ट र सुगम ग्यास, पेप्सीकोलाबाट सगर ग्यास तथा बालाजु औद्योगिक क्षेत्रको गेटअगाडिबाट नेपाल, एचपी, गीता, राजधानी र त्रिवेणी ग्यास बिक्री गरिनेछ। यसैगरी सुकेधाराबाट बाबा र श्री, कलंकीबाट साइबाबा र श्रीकृष्ण तथा ललितपुरको हरिसिद्धिबाट श्रीराम ग्यास बिक्री गरिने संघले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *