वैदेशिक रोजगारीका लागि जापान पठाइदिने भन्दै ठगी गर्ने मानबहादुर भण्डारी पक्राउ

डिसी नेपाल
२३ असोज २०८३ १९:०४
16
Shares

काठमाडौं। वैदेशिक रोजगारीका लागि जापान पठाइदिने भन्दै बेरोजगार युवायुवतीलाई प्रलोभनमा पारी ठगी गर्ने एक व्यक्ति काठमाडौंबाट पक्राउ परेका छन्।

पक्राउ पर्नेमा दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १२ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका वडा नम्बर ३१ बस्ने ३२ वर्षीय मान बहादुर भण्डारी रहेका छन्। उनको वास्तविक नाम मानबहादुर भए पनि उनले आफूलाई नविन क्षेत्री भन्दै फरक नामबाट चिनाएर ठगि गर्दै आएको पाइएको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले भण्डारीलाई काठमाडौं महानगरपालिका वडा नम्बर ३१ क्षेत्रबाट पक्राउ गरेको हो।

भण्डारीले बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभन देखाई जापान लैजाने भन्दै लामो समयसम्म झुक्याएर भ्रममा राखेका थिए। उनले वैदेशिक रोजगारीका नाममा ५ लाख ७७ हजार रुपैयाँ ठगी गरी सम्पर्कविहीन भएको भन्दै पीडितले दिएको जाहेरीका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो।

पक्राउ परेका भण्डारीलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौंमा पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *