उदयपुरमा पिकअपमा सिटी सफारी ठोक्किँदा दुई वर्षीया बालिकाको मृत्यु

डिसी नेपाल
२३ असोज २०८३ १५:४६
16
Shares

उदयपुर। उदयपुरको त्रियुगा नगरपालिका–११ स्थित फिल्म हल नजिक मदन भण्डारी लोकमार्गमा पिकअप जिपमा सिटी सफारी ठोक्किँदा दुई वर्षीया बालिकाको मृत्यु भएको छ भने ७० वर्षीया वृद्धा घाइते भएकी छन्।

आज बिहान करिब १०:२५ बजे आँखा अस्पतालबाट मेनचोकतर्फ जाँदै गरेको पानी बोकेको को.प्र.०५–००१ च ०१९० नम्बरको पिकअपमा सोही दिशाबाट आएको को.प्र.०५–००१ ह ०८७६ नम्बरको सिटी सफारी पछाडिबाट ठोक्किएको थियो।

दुर्घटनामा त्रियुगा नगरपालिका–११ निवासी शिवकुमार सदाकी दुई वर्षीया छोरी रागिनी सदा गम्भीर घाइते भएकी थिइन्। उनलाई जिल्ला अस्पताल उदयपुर पुर्‍याइएकोमा दिउँसो १२:५६ बजे उपचारका क्रममा मृत्यु भएको हो। घाइते ७० वर्षीया कन्नि सदाको सोही अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनापछि प्रहरीले दुवै सवारीसाधन र चालकलाई नियन्त्रणमा लिएको छ। प्रारम्भिक अनुसन्धानमा सिटी सफारी चालकले मादक पदार्थ सेवन गरेको र आवश्यक कागजात साथमा नराखेको खुलेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *