प्रहरी महानिरीक्षक कार्की र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता
काठमाडौं। प्रहरी महानिरीक्षक दानबहादुर कार्की र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनबीच नेपाल प्रहरी प्रधान कार्यालयमा भेटवार्ता भएको छ।
भेटका क्रममा कार्यवाहक राजदूत बोल्डिनले विपद्का कारण बेपत्ता भएका अमेरिकी नागरिक तथा अन्य पीडितको खोजी, उद्धार र पहिचानमा नेपाल प्रहरीले पुर्याएको योगदानप्रति आभार व्यक्त गरेकी छन्।
उनले विपद्बाट प्रभावित अमेरिकी नागरिक तथा नेपाली समुदायलाई सहयोग गर्ने अमेरिकी प्रतिबद्धता दोहोर्याउँदै विपद् प्रतिकार्यका उपकरण, विपद् पीडितको पहिचानका लागि प्राविधिक सहयोग तथा द्रुत डीएनए परीक्षणका सामग्री उपलब्ध गराउने विषयमा जानकारी गराएकी छन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment