आजको राशिफल: धनलक्ष्मी योगदेखि यात्राको योगसम्म, कुन राशिलाई कस्तो छ दिन?

डिसी नेपाल
१६ असोज २०८३ ६:१४

काठमाडौं।  दैनिक राशिफलअनुसार आज विभिन्न राशिका जातकहरूका लागि योग र नक्षत्रको प्रभाव फरक-फरक रहने देखिएको छ। केही राशिका लागि आज धनलक्ष्मी योग र शिक्षामा सफलता मिल्ने योग छ भने केही राशिका जातकहरूले खानपान, स्वास्थ्य र आर्थिक कारोबारमा सतर्कता अपनाउनुपर्नेछ।

आजको बाह्र राशिको फल यस प्रकार छ:

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आजको दिन शुभ रहनेछ। धनलक्ष्मी योग परेकाले आर्थिक दृष्टिकोणले दिन अनुकूल छ। बोली र व्यवहारमा एकरूपता कायम राख्न सके थप सफलता मिल्नेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। यद्यपि, राजनीतिक क्षेत्रमा भने केही व्यक्तिहरूले बाधा पुर्‍याउन सक्ने भएकाले सचेत रहनुहोला। बिहान उठेर पिपलको दर्शन गर्नाले दिन सहज र फलदायी बन्नेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

दिन फलदायी रहनेछ। साथीभाइको पूर्ण सहयोग मिल्नेछ भने दाम्पत्य जीवन सुखमय रहनेछ। निजी क्षेत्रमा गरिएको लगानीबाट राम्रो प्रतिफल प्राप्त हुने सङ्केत छ। पुराना स्वास्थ्य समस्यामा सुधार आउनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

आजको दिन अलि सतर्क रहनुपर्ने देखिन्छ। खानपानमा विशेष ध्यान दिएमा स्वास्थ्यमा केही सुधार आउनेछ। शिक्षाको क्षेत्रमा गरिएका प्रयासहरू सोचेजस्तो पूर्ण नहुन सक्छन्। खानामा अरूचि बढ्न सक्नेछ। आफ्ना गोपनीयता कायम राख्नु नै आजका लागि हितकर हुनेछ।

कर्कट (ही, हु, हे, हो, डा, डि, डु, डे, डो)

बोलीको प्रभावले रोकिएका कामहरू बन्नेछन्। धर्मकर्म तथा अध्यात्मतर्फ मन जानेछ। बौद्धिक व्यक्तित्वहरूसँगको सामीप्यता र झुकाव बढ्नेछ। शिक्षामा गरिएको लगानीले राम्रो फाइदा दिनेछ। मन प्रसन्न र शान्त रहनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

दिन सामान्य रहनेछ। आफ्नै केही काम वा निर्णयका कारण मनमा हिनताबोध महसुस हुन सक्छ। दाजुभाइसँगको सहकार्यले मनमा केही शान्ति मिल्नेछ। पारिवारिक सम्बन्ध सहज र मधुर रहनेछ भने शिक्षाको क्षेत्रमा सुधारका सङ्केत देखिनेछन्।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

धार्मिक तथा सामाजिक कार्यमा खर्च हुने दिन छ। बन्धु-बान्धवहरूसँगको सहकार्यले मनमा सन्तोष र शान्ति मिल्नेछ। स्वास्थ्य स्थितिमा सुधार आउनेछ। परिवारको पूर्ण साथ र सहयोग मिल्ने भएकाले दिन सहज रूपमा बित्नेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

बोली र व्यवहारमा सन्तुलन मिलाउनु आवश्यक छ। शिक्षाको क्षेत्रमा दिन उत्तम छ; कुनै परीक्षा दिनुभएको भए सकारात्मक र राम्रो नतिजा प्राप्त हुनेछ। यद्यपि, आर्थिक खर्च गर्दा भने विशेष सचेत हुनुपर्नेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

अड्किएको वा डुब्न लागेको सम्पत्ति फिर्ता हुने योग छ। मित्रमण्डलको दायरा बढ्नेछ भने शत्रुहरूले समेत तपाईंको कार्यको प्रशंसा गर्नेछन्। तर, राजनीतिक क्षेत्रमा भने विरोधीहरू सक्रिय हुन सक्ने भएकाले सजग रहनुहोला।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

मनमा सानातिना कुराले चिन्ता र व्यवहारमा केही अड्चन आउन सक्छ। धर्मकर्मप्रति झुकाव रहनेछ। शिक्षा क्षेत्रमा गर्नुभएको प्रयास सफल हुनेछ। कुरा काट्ने र आलोचना गर्नेहरू बढ्ने भएकाले मन केही अशान्त हुन सक्छ।

मकर (भो,जा, जि, खि, खु, खे, खो, गा, गि)

दिन अनुकूल छ। खर्चको मात्रा बढे पनि मान-सम्मान र इज्जतमा वृद्धि हुनेछ। सामाजिक तथा राजनीतिक क्षेत्रमा प्रगति हुनेछ। शिक्षा र व्यापारमा थप मिहिनेतको आवश्यकता छ। समग्रमा श्रमको उचित फल प्राप्त हुनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

धार्मिक कार्यमा सहभागी हुनाले मनमा शान्ति मिल्नेछ। भविष्यका लागि दीर्घकालीन योजनाहरू बन्नेछन्। व्यापार-व्यवसायमा अहिल्यै नयाँ कदम नचाल्नु राम्रो हुनेछ। अनावश्यक यात्राले खर्च बढाउन सक्छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

शिक्षाको क्षेत्रमा गरिएका प्रयासहरू सफल हुनेछन्। स्वास्थ्यमा केही समस्या आउन सक्ने सम्भावना भएकाले सावधानी अपनाउनुहोला। काम गर्दा सचेत नभए शत्रुहरू हाबी हुन सक्छन्। भगवान् गणेशको आराधना गर्नाले विघ्नहरू हट्नेछन् र मिहिनेतको फल प्राप्त हुनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *