शिवरात्रीमा हलमा ‘सेन्टी भाइरस’ र ‘आमा’

डिसी नेपाल
९ फागुन २०७६ १०:५७

काठमाडौं। आज शुक्रबारदेखि हलमा एकैसाथ वर्षका प्रतिक्षितमध्येका दुई नेपाली चलचित्र प्रदर्शनमा आएका छन्। शिवरात्रीको अवसर पारि चलचित्र ‘सेन्टी भाइरस’ र ‘आमा’ प्रदर्शनमा आएका हुन्।

सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’को निर्माण रहेको ‘सेन्टी भाइरस’लाई रामबाबु गुरुङले निर्देशन गरेका हुन्। चलचित्रमा डिन्डु लामा ह्योल्मोको लगानी रहेको छ।  दयाहाङ राई, सिताराम, कुञ्जना, विल्सनविक्रम राई लगायतको चलचित्रमा अभिनय छ।

यता ‘आमा’लाई ‘पशुपति प्रसाद’ निर्देशक दीपेन्द्र के. खनालले निर्देशन गरेका हुन्। चलचित्रको निर्माता शर्मीला पाण्डे हुन्। ‘आमा’मा अभिनेत्री मिथिला शर्मा, सुरक्षा पन्तको मुख्य अभिनय छ।

यी चलचित्रको बुधबार नै मल्टिप्लेक्स हलहरुमा अग्रिम टिकट बुकिङ खोलिएको थियो। प्रदर्शनको पहिलो दिन आज मल्टिप्लेक्स अन्तर्गतको क्यूएफएक्सले ‘सेन्टी भाइरस’लाई ५० शोज र आमालाई २४ शोज उपलब्ध गराएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.