लोक गायक बुद्धिसागर बस्याल दोहोरी गीत प्रतिष्ठानद्वारा सम्मानित

डिसी नेपाल
१० फागुन २०७६ १२:२५

पोखरा । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेशद्वारा लोक गायक बुद्धिसागर बस्याल सम्मानित भएका छन् ।

शुक्रबार पोखरामा आयोजित एक कार्यक्रमकाबीच राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकीले गायक बस्याललाई दोहोरी गीतलाई अहिलेको अवस्थामा ल्याउन ठुलो योगदान पुर्याएको भन्दै सम्मान गरेको हो ।

डाँफे नाचेर फूल कहाँ फुल्छर हाँगा भाचेर, बाजेका पालामा, छम छम पाउजुले, बुढेशकाल जस्ता ५० को दशकका गीत सुनेरै हुर्किएको र आफूहरु यो क्षेत्रमा लागेको कुरा बताए ।

सो अवसरमा प्रतिष्ठानका अध्यक्ष सुरेन्द गुरूङले भने- ‘बुद्धिसागर बस्याल जस्तो स्रष्ठाले हामीलाई मार्ग दिँदै नयाँ पुस्ताको लागि मार्गदर्शन दिनुपर्दछ र नेपालमै बस्नु पर्दछ ।’

त्यसको लागि कलाकार तथा स्रष्ठाहरूको लागी राज्यले पनि सम्मान र अभिभावकको रूपमा सहयोग गर्नुपर्दछ । सरकारले युवा पलायन भए, देशका गहना विदेशिए भात्र भने र हुन्न । त्यसको कारण पनि खोतलेर समाधानको बाटो पहिल्याउनुपर्दछ ।’

कार्यक्रममा अन्य कलाकारहरूसँग बस्यालका ‘डाँफे नाचेर‘’, ‘बुढेसकालैमा‘’, ‘बाजेका पालामा‘’ लगायतका गीत गाएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.