गायक मीका सिंहकी म्यानेजरले गरिन् आत्महत्या

डिसी नेपाल
१० फागुन २०७६ १२:३३

मुम्बइ। गायक मीका सिंहकी म्यानेजर सौम्या खानले आत्महत्या गरेकी छिन् । मीकाले इन्स्टाग्राममा यसको जानकारी दिएका छन् । पुलिसले सौम्याको शवको साथबाट कुनै सुसाइड नोट भने बरामद नगरेको बताइएको छ । रिपोर्टका अनुसार सौम्याले मुम्बइको अंधेरीमा निद्राको औषधी अधिक मात्रामा खाएर आत्महत्या गरेकी हुन् ।

सुसाइड नोट बरामद नभएका कारण पुलिले दुर्घटनावश मृत्यु भएको मुद्दा दर्ता गरेर अनुसन्धान अगाडि बढाएको छ । सौम्याको शवलाई पंजाबमा बस्ने उनका आफन्तको जिम्मा लगाइएको छ । उनको अन्तिम संस्कार भइसकेको बताइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.