‘सेन्टी भाइरस’को पहिलो दिनको ब्यापार १ करोड १२ लाख

डिसी नेपाल
१० फागुन २०७६ १३:५४

काठमाडौं। शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘सेन्टी भाइरस’ले प्रदर्शनको पहिलो दिन १ करोड १२ लाखको व्यापार गरेको छ।

चलचित्रले उपत्यकाभित्र ५९ लाख र मोफसलमा ५३ लाखको व्यापार गरेको निर्माण पक्षले जनाएको छ।

आज शनिबार पनि उपत्यका र मोफसलका हलमा चलचित्र हेर्न दर्शकको बाक्लो भीड रहेको निर्माण पक्षले जानकारी दिएको छ।

सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’को जोडीले निर्माण गरेको चलचित्रलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन्। चलचित्रमा डिन्डु लामा ह्योल्मोको लगानी रहेको छ। ‘धुर्मुस–सुन्तली’का साथमा दयाहाङ राई, विल्सनविक्रम राई, बुद्धि तामाङ, राजाराम पौडेल, कमलमणी नेपाल लगायतको चलचित्रमा अभिनय छ।

चलचित्रको व्यापारबाट आउने रकमको ५० प्रतिशत रंगशाला निर्माणमा खर्चिने बताईएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.