वाइन्सटिनको अपराधविरूद्धको निर्णयले ‘राम्रा सन्देश’ दिन्छः ट्रम्प
U.S. President Donald Trump and Indian Prime Minister Narendra Modi shake hands before their meeting at Hyderabad House in New Delhi, India, Tuesday, Feb. 25, 2020. (AP Photo/Alex Brandon)
नयाँ दिल्ली । हलिउडका फिल्म निर्माता हार्वे वाइन्स्टाइनलाई बलात्कार र यौन दुव्यवहारका लागि दोषी ठहर गरेको अमेरिकी अदालतको निर्णय महिलाहरूको ‘ठूलो विजय’ भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् । अदालतको यो निर्णयले अमेरिकी न्यायको ‘उत्कृष्ठ सन्देश’ जाने उनले बताए ।
“महिलाहरूको स्थानमा सोच्दा म के महशुस गर्छु भने यो निकै ठूलो कुरा हो,” वाइन्सटिनलाई सजाय सुनाइएको ठीक एक दिनपछि अमेरिकी राष्ट्रपति ट्रम्पले भारतको नयाँ दिल्लीमा गरेको एक पत्रकार सम्मेलनमा भने । “यो ठूलो विजय हो र यसले राम्रो सन्देश दिएको छ, निकै राम्रो सन्देश दिएको छ ।”
कुनै समय हलिउडका शक्तिशाली फिल्म निर्माताविरूद्ध सुनाइएको यो फैसला यौन दुव्र्यवहारविरोधी ‘मिटू’ आन्दोलनमा ऐतिहासिक विजयका रूपमा उल्लेख गरिएको छ ।







डिसी नेपाल








Facebook Comment