एलपी ग्यास बितरणमा समस्या हुँदा उपभोक्ता मारमा

डिसी नेपाल
२९ फागुन २०८२ १६:२३
16
Shares

काठमाडौं। खाना पकाउने ग्यास बितरणमा समस्या देखिएपछि आम उपभोक्ता प्रत्यक्ष मारमा परेका छन्।

सरोकारवाला निकायले नेपालमा प्रयाप्त मात्रामा ग्यास आपूर्ति भइसकेको दावी गरेपनि सहज रुपमा उपलव्ध हुन नसक्दा आम उपभोक्ता प्रत्यक्ष मारमा परेका हुन्।

सहज रुपमा ग्यास नपाएपछि उपभोक्ताहरु खाली सिलिण्डर लिएर भौतारिरहेका छन् भने बितरण केन्द्रमा लामो लाइन देखिएको छ।

ग्यासको सहज बितरणमा समस्या देखिएपछि आयल निगमले शुक्रबारदेखि आधा सिलिन्डर ग्यास बिक्रिबितरण हुने जनाएको छ।

मध्यपूर्वमा देखिएको तनावका कारण अन्तर्राष्ट्रिय बजारमा देखिएको आपूर्तिको समस्याको प्रभाव नेपालमा पनि देखिन सक्ने भएकाले सहज व्यवस्थापन गर्नुपर्ने उपभोक्ताहरूको भनाइ छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *