विवाह बन्धनमा बाँधिदै म्याक्सवेल

डिसी नेपाल
१४ फागुन २०७६ १९:४३

एजेन्सी । अस्ट्रेलियाका स्टार अलराउण्डर ग्लेन म्याक्सवेल विवाह बन्धनमा बाँधिने भएका छन्। म्याक्सवेलले बुधबार आफ्नी प्रेमिका विनी रमनसँग इन्गेजमेन्ट गरेका हुन्।

३१ वर्षीय म्याक्सवेलले इन्गेजमेन्टपछि खिचेको तस्वीर ईन्टाग्राममा शेयर गरेका छन्। उक्त तस्वीर शेयर गर्दै क्रिकेट डट कम डट एयूले पनि बधाई दिएको छ। विनी भारतीय मुलकी यूवती हुन्। उनीहरु सन् २०१७ देखि प्रेममा रहेका थिए। म्याक्सवेलले विनीसँग विवाह बन्धनमा बाँधिएपछि भारतीय युवतीसँग विवाह गर्ने दोस्रो अस्ट्रेलियन क्रिकेटर हुनेछन्। यसअघि शन टेटले भारतीय युवतीसँग विवाह गरेका थिए।

 

View this post on Instagram

 

?

A post shared by Glenn Maxwell (@gmaxi_32) on




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.