चितवन, गोरखा र उदयपुरमा भारी वर्षा

डिसी नेपाल
२८ फागुन २०८२ १९:४९
236
Shares

काठमाडौं। मौसम बदली भएसँगै आज दिउँसो चितवन, गोरखा र उदयपुरमा भारी वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागको अभिलेखअनुसार पछिल्लो ३ घण्टामा सबैभन्दा बढी उदयपुरमा ८२.२ मिलिमिटर वर्षा भएको छ।

यस्तै गोरखामा ८० मिलिमिटर वर्षा भएको छ। विभागका अनुसार चितवनमा ६० मिलिमिटरभन्दा बढी वर्षा भएको छ। मापनका हिसाबले तीनवटै ठाउँमा भारी वर्षा हो। उदयपुरको कटारी र गोरखाको बारपाकमा बढी वर्षा भएको छ। चौबीस घण्टामा ५० मिलिमिटर माथिको वर्षालाई भारी वर्षामा गणना गरिन्छ।

अन्य क्षेत्रमा पनि पानी परिरहेको विभागले जनाएको छ। विभागका अनुसार लमजुङ, मकवानपुर, सिन्धुपाल्चोक, सङ्खुवासभा, इलाम, सोलुखुम्बु, मुस्ताङ, बर्दिया, कास्कीलगायत जिल्लामा पनि वर्षा भएको छ।

यो वर्षापछि प्रदूषण केही कम हुने अनुमान गरिएको विभागका सूचना अधिकारी दिनकर कायस्थले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *