सैन्य सम्मानका साथ मुवारकको अन्त्यष्टि
कायरो । इजिप्टका पूर्वराष्ट्रपति होस्नी मुवारकको सैन्य सम्मानका साथ बुधबार अन्त्यष्टि गरिएको छ ।
मङ्गलबार ९१ जर्षको उमेरमा निधन भएका मुवाराकको शव निधन भएको ठाउँबाट अन्त्यष्टि गर्ने ठाउँमा हेलिकोप्टरमार्फत ल्याइएको थियो ।
छिमेकी न्यू कायरोमा उनको अति सघन कक्षमा राखेर उपचार गरिरहेकै बेला अस्पतालमै निधन भएको थियो ।
उनको निधनप्रति स्वदेशी तथा अन्तर्राष्ट्रिय धेरै नेताहरूले दुःख व्यक्त गर्दै उनलाई विभिन्न तरिकाले स्मरण गरेका छन् ।
करिब तीन दशक इजिप्टको नेतृत्वमा रहेका मुवारकलाई सन् २०११ मा अरब वसन्त नाम दिइएको आन्दोलनको भरमा पदच्यूत गरिएको थियो ।
इजिप्टका पूर्वराष्ट्रपति अन्वर अल–सादतको इस्लामिक लडाकूद्वारा सन् १९८१ मा हत्या भएपछि मुवारक सत्तामा राष्ट्रपति बनेका थिए । सन् २०११ जनवरी २५ मा उनलाई आन्दोलनको बलमा पदच्यूत गरिएको थियो ।
उनलाई सरकारविरुद्ध भएको जनप्रदर्शनको क्रममा सयौँ निर्दोष व्यक्तिको हत्या गरेको अभियोग लगाइएको थियो । त्यो अभियोगबाट अदालतले सफाइ दिएपछि उनि सन् २०१७ को मार्चमा रिहा भएका थिए।
सन् १९२८ मा मुनोफियामा जन्मेका मुवारक किशोर अवस्थामा वायुसेनाको जागिर खाएका थिए । विद्रोही र हक्की स्वभावका मुवारक अनेक सङ्घर्षका साथ लामो समय शासक बनेका थिए ।







डिसी नेपाल








Facebook Comment