‘बी’ डिभिजन लिगः श्री भगवतीको पहिलो जित
काठमाडौं । श्री भगवती क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा पहिलो जित हात पारेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहिबार भएको खेलमा मध्यपुर युथ एसोसियसनलाई २–० गोल अन्तरले पराजित गर्दै श्री भगवतीले पहिलो जित निकालेको हो ।
श्री भगवतीको जितमा प्रज्वल थापा मगर र युवराज ढकालले एक एक गोल गरे । खेलको ४४ औं मिनेटमा प्रज्वलले फ्रिकिकबाट गोल गर्दै श्री भगवतीलाई अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ७२ औं मिनेटमा युवराजले गोल गर्दै श्री भगवतीको जित पक्का गरे । जितसँगै श्री भगवतीले २ खेलमा ३ अंक जोडको छ । पहिलो खेलमा श्री भगवती बाँसबारी क्लबसँग पराजित भएको थियो । मध्यपुरको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा मध्यपुर खुमलटार युथ क्लबसँग पराजित भएको थियो ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment