चिनियाँ दम्पतीलाई हातखुट्टा बाँधेर जिउँदै सुटकेसभित्र हालेर नदीमा फालियो

डिसी नेपाल
१९ फागुन २०७६ १४:४७

काठमाडौं। एक चिनियाँ दम्पतीलाई जिउँदै हातखुट्टा बाँधेर सुटकेसभित्र हालेर नदीमा फालिएको छ । थाइल्याण्डमा यसरी फालिएका दम्पतीमध्ये पतिको शव फेला परेको र पत्नीको खोजी भइरहेको थाइल्याण्ड पुलिसले जनाएको छ । पुलिसका अनुसार मध्य थाइल्याण्डको काम्फेङ फेटको पिंग नदीमा बगिरहेको अवस्थामा सुटकेसभित्र ३० वर्षका पति वाङ जुनको शव फेला परेको हो ।

पुलिसका गोताखोरहरुले उनकी पत्नी २८ वर्षकी झु बिङको खोजी गरिरहेका छन् । यी दुईले अन्य १३ चिनियाँ नागरिकसँग मिलेर पटायामा ३ वटा घर भाडामा लिएका थिए । जुनको शव सुटकेसभित्र रातो तारले हातखुट्टा बाँधिएको अवस्थामा फेला परेको थियो । शव भेट्टाउने व्यक्ति, माछा मार्ने सुथोन थापथानका अनुसार उनले सुटकेसभित्र माछा हुनसक्ने ठानेका थिए । ‘सुटकेस खोल्न निकै गाह्रो थियो तर जब मैले यसलाई खोलें, भित्र शव थियो’ उनले भने ।

पुलिसका अनुसार हत्याको मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाइएको छ र २ जनालाई पक्राउ गर्न वारेन्ट जारी भइसकेको छ । पुलिसका अनुसार पत्नीको बारेमा कुनै जानकारी छैन र पुलिसले उनको शव पनि सुटकेसमै भएको विश्वास गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.