रास्वपा र कांग्रेसद्वारा एमाले अध्यक्ष ओलीको पिताको निधनप्रति दुःख व्यक्त
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीका बुवा मोहनप्रसाद ओलीको निधनप्रति दुःख व्यक्त गरेका छन्। सामाजिक सञ्जाल (फेसबुक)मार्फत उनले भनेका छन्, ‘यस दुःखद् घडीमा दिवङ्गतप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्दछु।’
त्यसैगरी, नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पनि मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज बिहान भएको निधनप्रति दुःख व्यक्त गरेका छन्। उनको निधनप्रति दुःख व्यक्त गर्दै दिवङ्गत आत्माको चीर शान्तिको कामनासहित भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।
सभापति थापाले भनेका छन्, ‘शोकमा रहनुभएका नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलगायत सम्पूर्ण शोक सन्तप्त परिवारजनप्रति नेपाली कांग्रेस पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट गहिरो समवेदना प्रकट गर्दछु।’
No ads found for this position


डिसी नेपाल
Facebook Comment