सवारीको नम्बर प्लेट स्पष्ट नभएको सवारी चलाउदै हुनुहुन्छ ? सावधान !

डिसी नेपाल
२० फागुन २०७६ १८:१५

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महशाखाले सवारी साधनमा नम्बर प्लेट नराखेको, स्पष्ट नभएको केरमेट भएको, खुईलिएको, नम्बर प्लेटको टप बङ्ग्याएको र मोटरसेफ गार्ड राखी नम्बर प्लेट ढाकिएका सवारीहरूलाई कारवाही थालेको छ ।
हालसम्म नम्बर प्लेट नराखेको र स्पष्ट नभएको १ सय ७० वटा सवारी र मोटरगार्ड राखि नम्बर प्लेट ढाकिएका २६ सवारीहरूलाई कारवाहीमा गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले जानकारी दिए ।

ट्राफिक नियम उल्लङ्घन गरि हिड्ने, दुर्घटना गरि फरार हुने, अपराधिक क्रियाकलापमा संलग्न हुने जस्ता क्रियाकलापहरूलाई रोक्न अभियान थालिएको महाशाखाका प्रमुख ढकालले बताए ।

ती सवारी चालकहरूलाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६४ मा नम्बर प्लेट नराखी चलाएमा ट्राफिक प्रहरीले तत्काल ५०० देखि १५०० रूपैँयासम्म जरिवाना गर्ने व्यवस्था रहेको कुरा महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जिवन कुमार श्रेष्ठले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.