सैनिक मञ्ज टुँडिखेलमा प्रजातन्त्र दिवसकाे रौनक (तस्बिर)

डिसी नेपाल
७ फागुन २०८२ ११:३०

काठमाडौं। आज फागुन ७ गते देशभर राष्ट्रिय प्रजातन्त्र दिवस विविध कार्यक्रमका साथ मनाइँदै छ। २००७ सालको जनक्रान्तिमार्फत निरङ्कुश राणा शासनको अन्त्य भई प्रजातन्त्र स्थापना भएको ऐतिहासिक दिनको सम्झनामा यो दिवस मनाउने गरिएको हो।

साे अवसरमा सैनिक मञ्ज टुँडिखेलमा प्रजातन्त्र दिवसकाे अवसरमा विशेष कार्यक्रम गरिएकाे छ। राष्ट्रपति रामचन्द्र पौडेल राष्ट्रिय प्रजातन्त्र दिवस २०८२ को अवसरमा विहिबार नेपाली सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा सरिक भएका छन् ।

राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडेलसहित राष्ट्रिय प्रजातन्त्र दिवस मूल समारोह समितिद्धारा आयोजित सो समारोहमा सरिक भएका हुन्। सो अवसरमा नेपाली सेनाले उनको सम्मानमा सलामी अर्पण गरेको थियो । सो कार्यक्रममा झाकी, मार्च पास, नृत्य र साडगीतीक धुन प्रस्तुत गरिएको थियो।

सो समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रीगण, नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रमुख एवम् प्रतिनिधि, उच्चपदस्थ सरकारी कर्मचारी र समाजका विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित महानुभावहरुको सहभागिता थियो।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *