प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यलाभको कामना गर्दै विशेष प्रस्ताव पारित

डिसी नेपाल
२१ फागुन २०७६ १३:५९

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गर्दै प्रतिनिधिसभाले विशेष प्रस्ताव पारित गरेको छ।

दोस्रो पटक मृगौलाको प्रत्यारोण गराइरहेका ओलीको स्वास्थ्य लाभको कामना गर्दै बुधबारको प्रतिनिधिसभा बैठकले विशेष प्रस्ताव पारित गरेको हो। बैठकले प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोण कार्य सफलताका साथ सम्पन्न होस भन्ने कामना समेत गरेको छ।

बैठकले प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना पनि गरेको छ। सोमबार अस्पताल भर्ना ुभएका प्रधानमन्त्री ओलीको बुधबार मृगौला प्रत्यरोपण गरिँदैछ। ओलीको दोस्रो पटक मृगौला प्रत्यारोपण गरिन लागेको हो। यसअघि भारतको एपोलो अस्पतालमा १२ वर्षअघि मृगौला प्रत्यारोपण गरिएको थियो।




प्रतिक्रिया

धेरै पढिएको.