धनगढी उपमहानगरले पत्ता लगायो कोरोनाभाइरसको औषधी, नगरवासीलाई पनि सिकायो
काठमाडौं। धनगढी उपमहानगरपालिकाले कोरोनाभाइरसबाट बच्नको लागि नगरवासीलाई गरेको आग्रह अहिले चर्चामा छ । महानगरले गरेको अपिलमा कोरोनाभाइरबाट बच्नको लागि औषधी नै सिफारिस गरेपछि यो विषय चर्चामा आएको हो । उपमहानगरले बेसार, बोझो र लसुनको सेवन गरेर भाइरसबाट बच्न सकिने उल्लेख गरेको छ ।
विज्ञप्तिमा लेखिएको छ ‘हल्दी, बोझो र लसुनको सेवनले कोरोना भाइरस संक्रमणको जोखिमबाट बच्न सकिने भएकाले परिवारका सदस्यलाई सुझाव दिनहुन अनुरोध छ ।’ विज्ञप्तिमा नगरप्रमुख नृप बहादुर वडले हस्ताक्षर गरेका छन् । बुधबार जारी विज्ञप्तिमा उपमहानगरले संक्रमण छिटोभन्दा छिटो मानिसमा फैलिरहेको भन्दै सचेत रहन आग्रह गरेको छ । तर, सामाजिक संजालमा भने उपमहानगरले कोरोनाको औषधी पत्ता लगाएको चर्चा छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment