प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार, तरल खानेकुरा दिन थालियो

डिसी नेपाल
२२ फागुन २०७६ १६:३४
8
Shares

काठमाडौं। मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार भएको छ।

बुधबार प्रधानमन्त्री ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो। मिर्गौला प्रत्यारोपण गरेको दोस्रो दिन दोस्रो बुलेटिन जारी गर्दै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार भएको र तरल तथा नरम खानेकुरा दिन थालिएको जनाएको छ।

अस्पतालले प्रधानमन्त्री ओलीका सबै ल्याब रिपोर्ट राम्रो देखिएको बताएको छ। साथै प्रत्यारोपित मिर्गौलाले सामान्य रुपमा काम गर्न थालेको अस्पतालले जनाएको छ।

यस्तै मिर्गौला दाता समीक्ष संग्रौलाको स्वास्थ्य पनि सामान्य बन्दै गएको अस्पतालले जनाएको छ। उनलाई पनि तरल तथा नरम खानेकुरा दिन थालिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.