भारतीय राजदूतले उपप्रधानमन्त्री पोखरेललाई दिए गान्धीबारे पुस्तक उपहार

डिसी नेपाल
२२ फागुन २०७६ १७:५१

काठमाडौं। नेपालका लागि नवनियुक्त भारतीय राजदूत विनयमोहन क्वात्राले उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग भेटेका छन्।
बिहीबार सिंहदरबारस्थित उपप्रधानमन्त्रीको कार्यकक्षमै पुगेर क्वात्राले पोखरेलसँग भेटघाट गरेका हुन्।

भेटमा भारतीय राजदूत क्वात्राले ‘ह्वाट गान्धी मिन्स टु मि’ पुस्तक दिएका थिए। नेपालका तर्फबाट उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले ‘द नेपाल आर्मी’ नामक पुस्तक र हिमालको पेन्टिङ दिएका थिए।

क्वात्राले बिहीबार नै राष्ट्रपति विद्यादेवी भण्डारीलाई ओहोदाको प्रमाणपत्र बुझाएका छन्। राष्ट्रपतिलाई प्रमाणपत्र बुझाएपछि उनले उपराष्ट्रपति नन्दबहादुर पुनसँग शिष्टाचार भेटघाट गरेर उपप्रधानमन्त्री तथा रक्षामन्त्री पोखरेललाई भेट्न सिंहदरबार पुगेका हुन्।

क्वात्रा आइतबार नेपाल आएका थिए। यसअघि फ्रान्सका लाग भारतीय राजदूत रहिसकेका क्वात्रालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल पठाएका हुन्। मञ्जिवसिंह पुरी यसअघि नेपालका लागि भारतीय राजदूत थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.