विश्व स्वास्थ्य संगठनले बतायो कोरोनाको सत्य, यी १४ कुरा पूरै झुटा हुन्, विश्वास नगर्नुस्

डिसी नेपाल
३० फागुन २०७६ १०:०५

काठमाडौं। कोरोनाभाइरसका कारण विश्वभर करिब १ लाख ३५ हजार मानिसहरु संक्रमित भइसकेका छन् । यसबाट मृत्यु हुनेको संख्या ५ हजार पुग्न लागेको छ । यस्तो भयावह अवस्थामा पनि विश्वभर कोरोनाभाइरसबाट बच्ने विषयमा विभिन्न हल्लाहरु फैलिइरहेका छन् । मानिसहरुका मनमा कैयौं कल्पनाहरु छन् । जस्तै – तातो पानीले नुहाउँदा कोरोनाबाट बचिन्छ, चिसोमा कोरोनाभाइरस मर्दैन आदि । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले यी कल्पना र हल्लाहरुलाई तोड्नको लागि निर्देश जारी गरेको छ ।

१. कोरोना गर्मी वातावरणमा फैलिन्छ भन्ने कल्पना मात्र हो । कोरोनाभाइरस जुनसुकै वातावरणमा फैलिन्छ । यसको लागि तातो वातावरण हुनु जरुरी छैन । डब्लुएचओले वातावरणमा ध्यान दिएर लापरवाही नगर्न र आफू पूरै तरिकाले सुरक्षित रहन भनेको छ । हातको सफाइ गरिरहनुस् । यो भाइरसले कुनै पनि वातावरणमा तपाइँलाई संक्रमित गर्न सक्छ ।

२. चिसो वातावरण र हिउँमा कोरोनाभाइरस मर्दैन भन्ने पनि कोरा कल्पना हो । भाइरस कुनै पनि तापक्रममा मर्न सक्छ यदि उसको अनुकूल वातावरण भएन भने । सामान्य रुपमा मानव शरीरको तापक्रम ३६.५ देखि ३७ डिग्री सेन्टिग्रेड हुन्छ । यो तापक्रम बाहिरी वातावरणबाट धेरै प्रभावित हुँदैन ।

३. तातो पानीले नुहाउँदा कोरोना फैलिँदैन भन्ने पनि कल्पना मात्र हो । कोरोना भाइरस तातो पानीमा पनि बाँच्न सक्छ । तपाइँको शरीरकै तापक्रम ३६.५ देखि ३७ डिग्री सेन्टिग्रेड हुन्छ । यदि धेरै तातो पानीले नुहाउनुभयो भने तपाइँको शरीर नै जल्न सक्छ तर कोरोनाभाइरस मर्दैन ।

४. कोरोनाभाइरस लामखुट्टेबाट फैलिँदैन भन्ने पनि कल्पना मात्र हो । अहिलेसम्म डब्लुएचओले यो भाइरस लामखुट्टेबाट फैलिँदैन भन्ने तथ्य प्रमाणित गरेको छैन । कोरोनाभाइरस श्वास प्रश्वाससम्बन्धी भाइरस हो । जो हावामा तैरिरहेका पानीका कणहरुबाट फैलिन्छ चाहे त्यो हाच्छ्यूँ होस् वा खोकी । जब कसैले हाच्छेयुँ गर्छ वा खोक्छ उसको मुख र नाकबाट निस्कने थुकका थोपाबाट कोरोनाभाइरस फैलिन्छ । त्यसैले आत सफा राख्नुहोस् र मास्क लगाउनुहोस् ।

५. ह्याण्ड ड्रायरबाट कोरोनाभाइरस मर्छ भन्ने पनि कल्पना मात्र हो । विश्व् स्वास्थ्य संगठनले स्पष्ट भनेको छ, ह्याण्ड ड्रायरबाट कोरोना मर्दैन । ह्याण्ड ड्रायर यो कामका लागि बनेकै होइन । ह्याण्ड ड्रायरले केवल चिसो हात सुकाउँछ । हातमा रहेका भाइरस वा ब्याक्टेरिया अल्कोहल बेस्ड सेनिटाइजरबाट धुँदा मात्र जान्छ । वा साबुन पानीले राम्रोसँग हात धुनुस् ।

६. अल्ट्राभ्वाइलेट ल्याम्पबाट कोरोना मर्छ भन्ने पनि कल्पना मात्र हो । अल्ट्राभ्वाइलेट ल्याम्पको प्रयोग शरीरमा गर्नु हुँदैन । अल्ट्राभ्वाइलेट रेडिएशनको कारणले छालामा जलन हुने समस्या हुन्छ । त्यसैले यसको प्रयोग नगर्नुस् । यसको प्रयोगले कोरोनाभाइरबाट बचाउँदैन बरु अर्को स्वास्थ्य मस्या निम्त्याउँछ ।

७. थर्मल स्क्यानरले कोरोनाभाइरसको पुष्टि गर्छ भन्ने पनि कल्पना मात्र हो । तर, यो भने सत्य हो कि यसले कोरोनाभाइरस संक्रमण भएको हुन सक्ने संकेत दिन भने निकै प्रभावकारी काम गर्छ । यसले शरीर नछोइ शरीरको तापक्रम बढेको जानकारी दिने हुनाले संक्रमित हुन सक्ने बलियो संकेत दिन्छ । भाइरस संक्रमण भएको वा नभएको पुष्टि भने जाँचपछि मात्र हुन्छ ।

८. अल्कोहल वा क्लोरिन छर्किंदा शरीरमा रहेको कोरोनाभाइरस मर्छ भन्ने पनि कल्पना हो । यसरी शरीरमा भएको भाइरस मर्दैन किनकि यी दुवै चीजले शरीरको बाहिर मात्र सफाइ गर्छन् । शरीरभित्र गइसकेको भाइरस केवल औषधीले मात्र ठिक हुन्छ । यसको उपचार अल्कोहल वा क्लोरिन हुन सक्दैन । यो केवल बाहिरी त्वचाको लागि बचावको तरिका हुन सक्छ ।

९. निमोनियाको खोपले कोरोनाबाट बचाउँछ भन्ने पनि कल्पना हो । न्यूमोकोकल भ्याक्सिन वा हिमोफिलस इन्फ्लुएन्जा टाइप बी भ्याक्सिनले कोरोनाभाइरसको उपचार हुन सक्दैन । यसबाट कोरोनाबाट बचाव पनि हुँदैन । कोरोनाभाइरस पूरै फरक हो । यो नयाँ हो र यसको औषधी अहिलेसम्म खोज्न सकिएको छैन । वैज्ञानिक यसको भ्याक्सिन विकसित गर्न लागिपरेका छन् ।

१०. स्लाइनबाट नाक सफा गर्दा कोरोनाबाट बचिन्छ भन्ने पनि कल्पना हो । अहिलेसम्म यसरी कोरोनाभाइरसबाट बच्न सकिन्छ भन्ने प्रमाण फेला परेको छैन । यो एक मानिसबाट अर्को मानिसमा फैलिन्छ । त्यो पनि हाच्छ्युँ वा खोकीका क्रममा नाक वा मुखबाट निस्कने थुक वा म्युकसको थोपाबाट ।

११. लसुन खाँदा कोरोनाभाइरको संक्रमण हुँदैन भन्ने पनि कल्पना मात्र हो । विश्व स्वास्थ्य संगठनले भनेको छ कि लसुन स्वास्थ्यको लागि लाभदायक खाद्यपदार्थ हो तर अहिलेसम्म यस्तो कुनै प्रमाण फेला परेको छैन जसबाट यो थाहा होस् कि लसुन खाँदा कोरोनाभाइरसबाट बच्न सकिन्छ ।

१२. कोरोनाभाइरसबाट वृद्धहरु बढी संक्रमित हुन्छन् भन्ने पनि कल्पना मात्र हो । यसको संक्रमण जुनसुकै उमेर समूहका मानिसमा हुन सक्छ । तर, यो पनि सत्य हो कि संक्रमित भइसकेपछि वृद्धहरुको शरीरमा हुने अन्य समस्याहरु जस्तै दम, मधुमेह, मुटुरोग लगायतका कारण भाइरस उनीहरुको शरीरमा धेरै शक्तिशाली हुन्छ । यसबाट उनीहरुलाई धेरै खतरा हुन्छ । युवाहरुमा भने रोग प्रतिरोधी क्षमता बलियो भएकोले उनीहरुलाई खतरा कम हुन्छ ।

१३. एन्टिबायोटिक्सबाट कोरोनाभाइरस ठिक हुन्छ भन्ने पनि कल्पना हो । विश्व स्वास्थ्य संगठनले स्पष्ट पारेको छ कि कोरोनाभाइरको उपचारमा एन्टिबायोटिक्सले काम गर्दैनन् । यी औषधीहरुले केवल ब्याक्टेरिया मार्छन् भाइरसलाई होइन । एन्टिबायोटिक्सको उपयोग कोरोनाको लागि गर्नु हुँदैन किनकि कोभिड १९ नयाँ भाइरस हो ।

१४. कोरोनाभाइरसको लागि कुनै विशेष औषधी बनिसकेको कुरा पनि सत्य होइन । विश्व स्वास्थ्य संगठनका अनुसार यो भाइरसको लागि निश्चित औषधी उपलब्ध छैन । वैज्ञानिकहरु अहिले यो भाइरसलाई मार्ने वा संक्रमणबाट बचाउने भ्याक्सिन तयार गर्न जुटेका छन् । उपचारका केही तरिकाहरु पनि अहिले परीक्षणको क्रममै छन् ।




प्रतिक्रिया

One thought on “विश्व स्वास्थ्य संगठनले बतायो कोरोनाको सत्य, यी १४ कुरा पूरै झुटा हुन्, विश्वास नगर्नुस्

Leave a Reply to Shilashila Cancel reply

Your email address will not be published. Required fields are marked *