नागार्जुनमा जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ
काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका–८ भिमढुङ्गामा तास खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन् ।
दिपकराज भट्टराईको मासु पसलमा जुवातास खेलिरहेको अवस्थामा धादिङ गजुरी गाउँपालिका–९ घर भई हाल नागार्जुन नगरपालिका–८ बस्ने ३० वर्षीय लिला बहादुर तामाङ लगायत ६ जनालाई नगद २६ हजार ७
सय र १२ बुक तास सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment