चिम र बाँसुरी चिन्हमा मतदान गरेर चुनाव जिताउन कुलमान घिसिङको अनुरोध

डिसी नेपाल
७ फागुन २०८२ १६:३९
16
Shares

काठमाडौं। उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं काठमाडौं क्षेत्र नम्बर ३ का उम्मेदवार कुलमान घिसिङले घरदैलो कार्यक्रमलाई तीव्र बनाएका छन्। घिसिङले बिहीबार काठमाडौं क्षेत्र नम्बर ८ मा घरदैलो कार्यक्रम गरेका छन्।

घरदैलो कार्यक्रममा उनले मतदाताहरुलाई चिम र बाँसुरी चिन्ह्मा मतदान गरेर जिताउन अनुरोध गरेका छन्। उनले भने, ‘उज्यालो नेपाल पार्टीबाट प्रत्यक्ष र समानुपातिक दुईवटैमा उठेका छौं। समानुपातिकमा हाम्रो पार्टीलाई सहयोग गर्नुपर्छ त्यसमा हाम्रो चुनाव चिन्ह् बाँसुरी छ। प्रत्यक्षमा भने चिम नै छ। चिम र बाँसुरी चिन्ह्मा मतदान गरेर जिताउन अनुरोध गर्दछु।’

मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै उनले आफ्नो चुनावी एजेण्डा प्रस्तुत गर्नुका साथै स्थानीय समस्याबारे सुझाव समेत संकलन गरिरहेका छन्।
प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारहरूले देशभर प्रचार–प्रसारलाई तीव्र बनाएका छन्। उज्यालो नेपालसहित विभिन्न दलका उम्मेदवारहरूले यही महिनाको ४ गतेदेखि घरदैलो कार्यक्रम व्यस्त छन् घरदैलो अभियानमार्फत उम्मेदवारहरू मतदाताको घर–घरमा पुगेर समर्थन माग्ने, विकास योजनाबारे जानकारी दिने र स्थानीय आवश्यकता बुझ्ने कार्यमा सक्रिय देखिएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *