हिम्लुङ हिमालमा हिमपहिरो: चार जनाको मृत्यु पुष्टि, १० भन्दा बढी बेपत्ता

डिसी नेपाल
१२ असोज २०८३ १२:४०

काठमाडौं।  मनाङस्थित हिम्लुङ हिमालमा आइतबार खसेको भीषण हिमपहिरोमा परी चार जनाको मृत्यु भएको पुष्टि भएको छ।

हिमपहिरोमा परी सम्पर्कविहीन भएका अन्य आरोही तथा कामदारहरूको खोजी कार्य सोमबार बिहानैदेखि तीव्र पारिएको छ।

मनाङका प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालका अनुसार पहिरोमा परेकामध्ये ११ जना सकुशल उद्धार भई सदरमुकाम आइपुगेका छन्।

तर, अझै १० जनाभन्दा बढी व्यक्ति बेपत्ता रहेको अनुमान गरिएको छ। सम्भावित क्षेत्रमा हेलिकप्टरमार्फत उद्धार टोली परिचालन गरिएको र सोमबार अपराह्नसम्म थप विवरण आउने उनले जानकारी दिए।

मृतक चार जनामध्ये दुई जनाको शव सोमबार बिहान पोष्टमार्टमका लागि काठमाडौंस्थित शिक्षण अस्पताल (टिचिङ) पठाइएको छ भने बाँकी दुई जनाको शव मनाङको सदरमुकाममै राखिएको छ।

हिमाल आरोहणका लागि बेसक्याम्प निर्माण गर्ने तथा डोरी टाँग्नेलगायतका पूर्वाधार तयार पार्न पुगेका एक्सपोर्टेसन र हिमालयन होलिडेज कम्पनीका कामदारहरू उक्त हिमपहिरोको चपेटामा परेका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *