अमेरिकामा कार्यरत एक रजिस्टर्ड नर्सको अनुरोध

डिसी नेपाल
९ चैत २०७६ १४:२४

कोभिड १९ को प्रकोप संसारभर फैलिइरहेको छ । यो नयां भाइरस भएकोले यस विषयमा लेखहरु, सूचनाहरु भर्खर भर्खर आइरहेका छन् । पछिल्ला दिनहरुमा सामाजिक सञ्जालमार्फत पनि धेरै सूचनाहरु प्रवाहित भइरहेका छन् । तर, कतिपय सूचनाहरु काल्पनिक र अबैज्ञानिक छन् र त्यस्ता सूचनाले कोरोना भाइरस बारेमा गलत बुझाई भएर खतरनाक प्रभाव पनि पार्न सक्छ । त्यसैले विश्व स्वास्थ्य संगठन, सीडीसी, अरु स्वास्थ्य विभाग र विश्वविद्यालयहरुका आधिकारिक सूचनाहरुलाई आधार मान्नको लागि हार्दिक अनुरोध छ ।

तिनै संस्थाहरुको सूचनालाई हामीले संकलन गरेर यस लेखमा राखेका छौं । हामीलाई थाहा भैसकेको छ कि साबुन पानीले नियमितरुपमा २० सेकेण्ड सम्म हात धुने, भीडभाडमा नजाने (सोसियल डिस्ट्यान्सिंग) र आंखा, नाक र मुखलाई हातले नछुने गरेमा यस्को प्रकोपलाई रोकथाम गर्न मद्दत पुग्न सक्छ ।

यो नयां भाइरस भएकाले दिन दिनै नयां नयां तथ्य प्रमाणहरु र रिजल्टहरु देखिन सक्छन् । त्यसको लागि नियमितरुपमा विश्व स्वास्थ्य संगठन, सीडीसी लगायतका भरपर्दा वेभसाइटहरु हेर्न वा हेर्न लागउन अनुरोध गर्दछु ।

तातो, चिसो र कोरोना भाइरस

१. अहिलेसम्मको तथ्यांकले कोरोना भाइरस तातो चिसो सबै खालको मौसममा फैलिन सक्छ । जाडो ठाउंहरु इटाली, चीन, अमेरिकामा जाडो समयमै फैलियो भने अष्ट्रेलियामा गर्मी समयमा फैलिएको छ ।

२. चिसो मौसमले वा हिउंले कोरोना भाइरसलाई मार्न सक्दैन ।

३. तातो पानीले नुहाउंदैमा कोरोना भाइरस सर्नबाट बचाउन वा बच्न सकिदैन ।

४. मच्छड (लामखुट्टे) बाट कोरोना भाइरस सर्छ भन्ने कुरा अहिलेसम्म प्रमाणित भएको छैन ।

५. कपाल वा हात सुख्खा पार्ने ड्रायरले कोरोना भाइरसलाई मार्न सक्दैन ।

अल्कोहल (रक्सी), क्लोरिन, लसुन, एन्टीवायोटिकको प्रयोग र कोरोना भाइरस

१. शरीरमा अल्कोहल वा क्लोरिन दलेर वा छर्केर कोरोना भाइरस मर्न सक्दैन न त अल्कोहल (रक्सी) खाएर नै मर्न सक्छ ।

२. लसुनले कोरोना भाइरसलाई मार्न सक्दैन यद्यपि लसुनमा स्वस्थबर्धक र फाइदाजनक गुणहरु पाइन्छन् ।

३. एन्टिवायोटिकको प्रयोगले कोरोना भाइरसलाई मार्न सक्दैन । यो त व्याक्टेरियासंग लड्नको लागि हो ।

४. फ्लुभन्दा कोरोना भाइरस अझ धेरै सरुवा रोग हो तथापि कोरोना भाइरस लाग्दैमा मरिहाल्ने भन्ने हुंदैन । विश्व स्वास्थ्य संगठनका अनुसार यो रोगको कारणले रोग लागेका मध्ये थोरै प्रतिशत विरामीको मात्र मृत्यु भएको छ ।

पानीको प्रयोग, उमेर, कोकिन र भिनेगरको प्रयोग, र अन्य विविध पक्ष्यहरु

१. कोरोना भाइरस नयां छ, यस बारेमा अनुसन्धान भइरहेको छ, यो सबै उमेरका मानिसमा सर्न सक्छ । यो कुनै जात जाति वा क्षेत्रका मानिसलाई मात्र लाग्ने भाइरस होइन, यो सबै मानिसलाई लाग्न सक्ने भाइरस हो । त्यसकारण सबै मानिसले यसको रोकथाम र उपचारमा सहयोग पर्याउनु पर्दछ ।

२. भिनेगरमा केही तत्वहरु हुन्छन् जसले किटाणुहरुलाई मार्न सक्छ तर कोरोना भाइरसलाई यसले मार्न सक्दैन ।

३. पानी पिउंदैमा कोरोना भाइरसलाई शरीर भित्रबाट बगाएर निकाल्न सकिन्छ भन्ने कुरा सत्य होइन । तथापि पानी पिउनु मानव शरीरको स्वास्थ्यको लागि अति आवश्यक कुरा हो । पानी पिउन भने छाड्नु हुंदैन ।

४. नुन मिसाएको तातो पानीले घांटीमा गार्गल गरेर कोरोना भाइरसलाई मार्न सक्दैन यद्यपि नुन मिसाएको तातो पानीले गार्गल गर्दा घांटी दुखेको कम हुनसक्छ ।

५. कोकिनले कोरोना भाइरसलाई मार्न सक्दैन, यो हल्लामात्र हो ।

६. कुकुर, विरालोबाट कोरोना भाइरस मानिसमा सर्छ भन्ने प्रमाण अहिलेसम्म भेटिएको छैन ।

७. कोरोना भाइरसको लक्षणले सताएको भन्ने लागेमा घरमा अलग्गै कोठामा बस्ने, सार्वजानिक यातायातको प्रयोग नगर्ने, भीडभाडमा नजाने जस्ले गर्दा संभावित कोरोना भाइरस अरुलाई सर्नबाट बचाउन सकिन्छ ।

८. कोरोना भाइरसको लक्षण देखिएको छ तर टेष्ट गर्ने साधन नभएर भाइरस लागेको हो या होइन भन्ने थाहा नभएमा विरामीको सेवा वा उपचारमा बस्ने मानिसले भाइरस नसरोस् भनेर विचार पुर्याउनु पर्दछ । जस्तै— विरामीले मास्क लगाउने, विरामीलाई नछुने, विरामीलाई अलग्गै कोठामा राख्ने, खाने बस्ने पनि विरामीका लागि अलग्गै व्यबस्था गर्ने, विरामीको कोठा सफा गरी राख्ने ।

९‍ कोरोना भाइरस फैलिनबाट जोगिन जुठो खाने कुरा नखाने वा बच्चा बच्चीलाई जुठो नखुवाउने, थाल, प्लेटमा राखी हातले टिपेर खानेकुरा जस्तै मकै, भटमास, चिप्स आदि लाई एकजनाले मात्र प्रयोग गर्ने, धेरैको बीचमा सेयर गर्नु छ भने अलग अलग थाल, बटुका, प्लेटमा राखेर खाने ।

१०. अहिलेसम्म कोरोना भाइरसको औषधि वा खोप छैन । लक्षणको आधारमा उपचार गरिरहेमा यसबाट बच्न मद्दत पुग्न सक्छ । जस्तै, धेरै ज्वरो आएमा सिटामोल वा टाइलानल खाने र ज्वरो घटाउने, घांटी दुखेमा वा खोकी लागेमा त्यसैसंग सम्बन्धित औषधी खाने र खोकी लागेको, घांटी दुखेको रोकथाम गर्ने ।

११. घरायसी उपचारले कोरोना भाइरसलाई मार्न सक्दैन तर लक्षणअनुसार पाइदा गर्ने कुराहरुको प्रयोग गर्न सकिन्छ ।

१२ कोरोना भाइरसको प्रकोप भएका ठाउबाट हुलाक वा मेल मार्फत आउने सामान वा चिठीबाट कोरोना भइरस सर्न सक्दैन । किनकी त्यस्ता सामानमा भाइरस टांसिन सक्ने भए पनि लामो समय बाच्न सक्दैन । तथाीप आफूलाई शंका लागेमा भाइरस मार्ने न्यापकिनले (डिसइन्फेक्टेन्ट नेपकिनले) सफा गरेर प्याकेट खोल्न सकिन्छ ।

आशा गरौ कि यो कोरोना भाइरसको प्रकोप धेरै समय रहने छैन । चीन तथा कोरिया बाट भाइरसको प्रकोप कम हुदै गएका समाचारहरु आइरहेका छन जुन हामी सवैका लागि प्रेरणदायी समाचार हो । यसलाई नियन्त्रण गर्न व्यक्तिगत रुपमा हामी हरेक मानिसको समान दायित्व रहेको छ । भाइरस लागेको कारणले तनावमा नवसौ बरु यस्को उपचारमा लागौ । लक्षण्को आधारमा उपचारमा बसेमा पनि यसको प्रकोपबाट बच्न सकिन्छ भन्ने सूचनाहरु प्रवाह भएका छन् ।

(लेखक सोसाइटी अफ अमेरिकन नेपालिज नर्सको अध्यक्ष हुन्)




प्रतिक्रिया

2 thoughts on “अमेरिकामा कार्यरत एक रजिस्टर्ड नर्सको अनुरोध

  1. धेरैले नजानिकनै Do& Dont भनेर कनफ्युज बनाएको यस बेला President of the society of the American Nepalese Nurses, Manju Karky ( जो एक सिङ्गर पनि) ले बिभिन्न international source वाट सङ्कलन गरेको यो सचेतना लाई व्यापक प्रचार गरि करोना र कोरोनाको भ्रमसङ्ग पनि जुधम् ।

  2. ” फलामको काम गर्नीहरु , हराउँदै परम्परागत प्रविधि ” :- (१) सबै नेपालीले , यो बुझनै पर्छ :- भान्छामा चाहिने , करेसबारीमा चाहिने , तरकारी बारीमा चाहिने , हंसिया , चक्कू , चुलेसी, कुटो , कोदालो , तलबार खुकुरी सबै फलामबाट बनेको धेरै समय सम्म टिक्छ ( तुरुन्त किनी राखन पर्दैन ) , राम्रोसंग काट्छ। राम्रोसंग खन्छ , गोड्छ। बुझन , बुझाउन परेयो सबै नेपालीहरुलाई। (२) हेर्दा राम्रो चक्कू ” महँगो हालेर ” किन्छन् र एक , दुई महीना पछिबाट , लाग्दै लाग्दैन , काटेन भन्छन। त्यस्तो अबूझ र पागलपनको फेशन गर्न हुदैन। (३) नेपालमा बनाएको फलामको सामानहरु हेर्दा तेति आकर्षक हुँदैनन , नभएर के भयो त ? काम राम्रो गरे भयो। राम्रै हुन्छन तेहि पनि। (४) सस्ता मूल्यमा पाइन्छ। लामो समय टिकछन। बुझन परेयो नि। नेपालमा हाम्रो घरमा अहिले पनि :- हसिया , चक्कू , चुलेसी, तलवार , खुकुरी , बारी खन्नी कुटो , कोदालो सबै , नेपालकै हुन फलामकै हुन्। काठमाण्डौमा कस्ता कस्ता टिलिक्क टल्किने , चक्कू किन्न पाईन्छ :- तर टिलिक्क टल्किने हामीलाई किन चाहियो ? हामी बिलिनियर Billionair हो २ महीना प्रयोग गरेर फाल्नको लागि ??? हामीलाई त काटने , काम गर्ने चाहिन्छ। तेहि भएर सबैले फलामकै , नेपालमा बनाएको नै किनौ .(5) तर नेपालमा अंतरास्ट्रीय होटल हरु , रेस्टुरा हरु , तीनि हरुमा भने , टिलिक्क टल्किने किने पनि किनुन .

Leave a Reply to Ramesh Cancel reply

Your email address will not be published. Required fields are marked *