लुकाएर राखेको सर्जिकल मास्क र स्यानिटाइजर सहित एक व्यापारी पक्राउ

डिसी नेपाल
१० चैत २०७६ १३:३६

काठमाडौं। मुलुकभर नै अभाव भइरहेको सर्जिकल मास्क लुकाएर राखेको अवस्थामा बिराटनगरबाट एक ब्यापारी पक्राउ परेका छन्।

आइतबार ११ हजार बढी मास्क र ४ सय सेनिटाइजर लुकाइराखेको अवस्थामा अनुगमनको टोलीले बिराटनगर महानगरपालिका–९ घोगापैनीस्थित श्री सर्जीइम्पेक्सबाट आइतबार उक्त परिमानको मास्क र सेनिटाइजर बरामद गरेको हो ।

बजारमा मास्क र सेनिटाइजरको कालोबजारी भइरहेको बिषयमा सरोकारवालाले गुनासो गरिरहेको बेला विराटनगर महानगरपालिकाका प्रतिनिधि, औषधि व्यवस्था विभाग र प्रहरी समेतको अनुगमन टोलीले मास्क बरामद गरेको हो ।

अनुगमन टोलीले सर्जिकल सामान र औषधिको थोक विक्रेता रहेको श्री सर्जीइम्पेक्सको गोदाममा लुकाएर राखेको ११ हजार ३ सय ५० थान मास्क र ४ वटा काटुनमा २ पिस हातसफा गर्ने सेनिटाइजर बरामद गरेको जनाएको छ ।

राजेस अग्रवालले संचालन गरेको श्री सर्जीइम्पेक्सको गोदावबाट बोरा भित्र लुइराखेको अवस्थामा अनुमगनको टोलीले फेला पारेको प्रहरीले जनाएको छ । श्री सर्जिइम्पेक्सबाट बरामद सेनिटाइजरमा एमआरपी मुल्यसमेत नखुलेको अवस्थामा अनुगमनका क्रममा खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता डिएसपी मानबहादुर राईको नेतृत्वमा गएको टोलीले नियन्त्रणमा लिएको हो । कालो बजारीमा संलग्न अग्रवालाई उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ खण्ड ङ को कसुर बकोजिमको कसुर गरिएको देखिएकाले सोही ऐनको दवा ३९ को उपदफा १ खण्ड ख अनुसार ३ लाख जरीवाना सहित कारबाही गरिने पनि प्रहरीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.