आगामी ३ दिनको मौसमः आज मेघ गर्जन र चट्याङ्ग सहित बर्षा हुने सम्भावना

डिसी नेपाल
१० चैत २०७६ १४:५०

काठमाडौ। मौसम पूर्वानुमान महाशाखाले आज अपरान्ह पश्चात विशेष गरी देशका पहाडी भू-भागमा सामान्य बदली भई मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक वर्षाको संभावना रहेकोले चट्याङ्गबाट जोगिन आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

महाशाखाका अनुसार दिउँसो पुर्वी पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । पूर्वी पहाडि भू-भागका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ । यसैगरी राति देशको पश्चिमि भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ ।

यस्तै भोली चैत ११ गत्ते मंगलबार देशको पश्चिमि भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहने छ । पश्चिमी हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मंगलबार राती पनि देशको पश्चिमी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । देशको पश्चिमी पहाडी भू-भागका १-२ स्थानमा मेघ गर्जनर चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । पश्चिमी हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

पर्सी चैत १२ गत्ते बुधबार पनि देशको पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ । पूर्वी र मध्य पहाडी भू-भागका १(२ स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको भने बुधबार राती देशको पहाडी भू(भागमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। पूर्वी र मध्य भू(भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ । पूर्वी र मध्य हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.