कोरोना संक्रमण नियन्त्रण गर्न उपप्रमुखको संयोजकत्वमा समिति

डिसी नेपाल
११ चैत २०७६ २२:४३
8
Shares

कास्की । पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङको संयोजकत्वमा कोरोना सङ्क्रमण नियन्त्रणका लागि समिति गठन भएको छ । महानगर प्रमुख मानबहादुर जिसीको अध्यक्षतामा मंगलबार बिहान बसेको बैठकले समिति गठन गरेको हो ।

समितिका सदस्यमा वडा नम्बर १९ का वडाध्यक्ष शोभामोहन पौडेल, वडा नम्बर ९ का वडाध्यक्ष रामराज लामिछाने, वडा नम्बर २६ का वडाध्यक्ष चेतबहादुर गुरुङ, वडा नम्बर १३ का वडाध्यक्ष दर्शन लामा, वडा नम्बर ६ का वडाध्यक्ष जगत पहारी, महानगर स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्मा, मोहन बाँस्तोला र सदस्य सचिवमा अधिकृत किरण कोइरालालाई चयन गरिएको छ ।

बैठकले पोखरा महानगरमार्फत क्वारेन्टाइन बनाउने निर्णय गरेको छ । क्वारेन्टाइन व्यवस्थापनका लागि पोखरा– १९ का वडाध्यक्ष पौडेलको संयोजकत्वमा अर्को समिति गठन गरिएको छ । समितिले क्वारेन्टाइनका लागि आवश्यक सामग्रीको ब्यवस्थापन गर्ने छ । समितिका सदस्यमा लक्ष्मीप्रसाद पौडेल, भरतराज पौडेल, फूलदेव तिमिल्सेना र अर्जुनबहादुर खत्री क्षेत्री छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.